सनराइजर्स हैदराबादको लगातार तेस्रो जित

एजेन्सी । इन्डियन प्रिमियर लिगमा आइतबार भएको खेलमा कोलकाता नाइट राइजर्सलाई ५ विकेटले हराउँदै सनराइजर्स हैदराबादले लगातार तेस्रो जित हात पार्न सफल भएको छ । हैदराबादले १ सय ३९ रनको लक्ष्य पाएको थियो । काने विलियम्सनले अर्धशतक पुरा गरेका थिए । ४४ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरेका थिए ।

सकिब अल हसनले २७, ओपनर ऋद्दीमान शाहले २४ रन बनाउन सफल भए। युसुफ पठान १७ र दीपक हुड्डा ५ रनमा सिमित भए । कोलकाताका लागि सुनिल नारिनले २, मिचेल जोन्सन, पियुष चावला र कुलदीप यादवले समान १ विकेट लिएका थिए ।

टस हारेर ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ८ विकेट गुमाउँर्द १ सय ३८ रनमा सिमित बनेको थियो । क्रिस लेनले सर्वाधिक ४९ रन बनाएका थिए । कप्तान दिनेश कार्तिक भने खासै जम्न सकेनन् । उनले २९ रनमात्र जोडे । सात ओभरमा ५२ रन जोडीसक्दा वर्षात्ले खेल प्रभावित बनेको थियो ।

वर्षा रोकिएपनि सुरु भएको खेलमा भुवनेश्वर कुमारले ३, बिली स्टानाले र सकिब अल हसनले समान २ र सिद्धार्थ काउलले १ विकेट लिएका थिए । हैदराबाद ६ अंकसहित शीर्षस्थानमा छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु