एजेन्सी । च्याम्पियन्स लिग सेमिफाइनलको ड्र सार्वजनिक भएको छ। शुक्रबार भएको ड्रमा १२ पटकको विजेता रियल म्याड्रिडले जर्मन च्याम्पियन प्रतिद्वन्द्वी पाएको छ । चार टोली लिभरपुल, रोमा, रियल म्याड्रिड र बायर्न म्युनिखली सेमिफाइनलमा स्थान बनाएका थिए। दोस्रो सेमिफाइनलमा लिभरपुलले रोमाको सामना गर्ने पक्का भएको छ।
पहिलो लेग २४ र २५ अप्रिलमा हुनेछ भने दोस्रो लेग १ र २ मे मा हुनेछ। पहिलो लेगमा बायर्नले घरेलु मैदानमा रियललाई र लिभरपुलले घरेलु मैदानमा रोमालाई निम्त्याउने छ । रोमाले क्वाटरफाइनलमा बार्सिलोनालाई पछि पार्दै सेमिफाइनलमा स्थान बनाएको थियो भने बायर्नले सेभिल्ला, रियलले युभेन्टस र लिभरपुलले म्यानचेस्टर सिटीलाई पराजित गरेको थियो।