बसेर गीत गाएको निहुँमा गर्भवती गायिकाको गोली हानी हत्या

एजेन्सी । एउटा समारोहमा उभिएर गाउन अस्वीकार गरेपछि एकजना पाकिस्तानी गर्भवती गायिकालाई गोली प्रहार गरी हत्या गरिएको छ । उक्त घटना मंगलबार पाकिस्तानको लर्काना जिल्लामा भएको थियो । पाकिस्तानी मिडिया डौनको खबर अनुसार हत्याका आरोपीले मादक पदार्थ सेवन गरेका थिए र उनी समिना सिन्धु भनेर चिनिने २४ वर्षिया समिना सामुनसँग चिढिएका थिए । समिनाले भीडमा बसेर गीत गाएपछि सन्दिग्ध गायिका समिनासँग चिढिएका थिए ।

सन्दिग्ध तारिक अहमद जाटोइले बारम्बार समिनालाई उभिएर गाउन भनिरहेका थिए तर समिनाले त्यस्तो आग्रहलाई अस्वीकार गरेपछि उनले तिनीमाथि गोली प्रहार गरेका थिए । घटना लगत्तै उनलाई अस्पताल लगिएको थियो तर उनको त्यही मृत्यु भयो ।

समिनाको श्रीमानले उनी ६ महिनाको गर्भवती रहेको बताए र सन्दिग्धमाथि दुईवटा हत्या अभियोगको मुद्दा दर्ता हुनुपर्ने माग गरेका छन् । घटना लगत्तै तारिक र उनका दुई सहयोगीलाई गिरफ्तार गरीएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु