अष्ट्रेलियामा तोकिएको भन्दा कम तलब दिने कम्पनी मालिकलाई १० वर्ष जेल सजाय !

अष्ट्रेलिया । अष्ट्रेलियामा कम तलब दिने कम्पनी मालिकलाई १० वर्ष जेल सजायको प्रस्ताव गरिएको छ । भिक्टोरियन ट्रेड हिल काउन्सिलले भिक्टोरिया राज्य सरकारलाई न्यून तलबमा काम गराउनु एक अपराध हुने कानुन ल्याउन आग्रह गरेको हो ।

साथै काउन्सिलले त्यस्तो अपराध गर्नेहरुलाई जरिवाना सहित १० वर्षसम्मको जेल सजाय तोक्न समेत अनुरोध गरेको छ ।अष्ट्रेलियामा विद्यार्थीहरुको उपस्थिति बढिरहेका कारण उनीहरुलाई काम खोज्न गाह्रो भएको छ भने कम्पनीहरुले त्यसको फाइदा उठाईरहेका छन् ।

पछिल्लो समयका रिपोर्टहरु अनुसार, अधिकांशले विद्यार्थीहरुलाई अष्ट्रेलियामा १२ डलर देखि १५ डलर सम्म तलब दिएका छन् । जुन अत्यन्तै न्यून हो । अष्ट्रेलियाको फेयरवर्क कमिसनले यस सम्बन्धि कारबाही गर्ने गरेतापनि न्यून तलबमा काम गराउनेहरु बढिरहेका छन् ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु