मन्त्री पण्डितको एक्सन : पाँचवटा स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूको तय भएको विदेश भ्रमण रोक्का

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पाँचवटा स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूको तय भएको विदेश भ्रमण रोक्नुभएको छ । मन्त्री पण्डितले हाल पाँचवटा स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूको विदेश भ्रमण रोक्नु भएको हो ।

कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरी थापाको नगरपालिकाका कार्यकारी अधिकृतसहित पाँच जनाको अमेरिका भ्रमण, धुलीखेल नगरपालिकाका प्रमुख अशोक बेञ्जुसहित दुई जनाको इण्डोनेसिया र मलेसियाको भ्रमण रोक्का गरिएको हो ।

मन्त्री पण्डितले धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर बडसहित चार जनाको ताइवान भ्रमण, भरतपुर महानगरपालिकाका १ प्रतिनिधिको थाइल्याण्ड भ्रमण र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको चीन भ्रमण रोक्नुभएको छ ।

समान्य प्रशासन मन्त्री पण्डितले विदेश भ्रमणका लागि मन्त्रालयले निर्माण गर्दै गरेको कार्यविधि निर्माण भएर लागु नहुदासम्म हालका लागि सम्पुर्ण विदेश भ्रमण रोक्का गरिएको जानकारी दिनुभयो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु