रुसले भन्यो -‘सैन्य कारवाही गरे अमेरिका र रुसबीच युद्ध हुन सक्ने’

एजेन्सी । सिरियाको डुमामा भएको भनिएको रासायनिक हमलालाई लिएर अमेरिका र रुसबीच तनाव सुरु भएको छ । रासायनिक हमला पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा सैन्य कारबाही हुन सक्ने बताएका छन् । तर, रुसले भने अमेरिकाले सिरियामा आक्रमण गरेमा अमेरिका र रुसबीच युद्ध हुन सक्ने सम्भवना रहेको प्रतिक्रिया दिएको छ ।

राष्ट्रपति ट्रम्पले उनी र उनको टोलीले सिरियाको अवस्थालाई ‘गम्भीर भएर’ हेरिरहेको छ। ट्रम्पले सिरियाले गरेको भनिएको ‘रासायनिक हमला’विरुद्ध कस्तो सैन्य प्रतिक्रिया दिने भन्ने विषयमा ब्रिटेन र फ्रान्सका नेताहरूसँग छलफल भइरहेको बताएका छन् ।

यस्तै अमेरिकाले भने डुमामा भएको भनिएको ‘रासायनिक हमलाको प्रतिक्रिया दिनेबारे पश्चिमा शक्ति राष्ट्रहरूले तयारी गरिरहेको बताएका छन्। तर, सिरियाको मित्र शक्ति रूसले ती प्रतिक्रियाको बदला लिने चेतावनी दिइसकेको छ। अमेरिकाका लागि रुसी दूत भसिली नेबेन्जियाले सिरियामा कुनै कारबाही भए अमेरिका र रूसबीच युद्ध हुने सम्भावनालाई ‘नकार्न नसकिने’ बताएका छन्। तर, उनले युद्ध रोक्नु आफ् पहिलो प्राथमिकता भएको बताए।

बिहीवार फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले सिरियाली सरकारले डुमामा रासायनिक हमला गरेको प्रमाण आफूसँग भएको बताएका थिए।ब्रिटेनको मन्त्रिपरिषद्ले थप रासायनिक हमला रोक्न सिरियामा कारबाही गर्नु पर्ने आवश्यकतामा सहमति जुटाएको बताइएको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु