मुम्बईको लगातार दोस्रो हार

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले मुम्बई इण्डियनलाई पराजित गरेको छ । हैदरावादको राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा सनराइजर्सले मुम्बईलाई एक विकेटले पराजित गरेको हो। घरेलु मैदानमा भएको खेलमा मुम्बईले प्रस्तुत गरेको १४८ रनको लक्ष्य घरेलु टोली हैदरावादले ९ विकेटको क्षतिमा भेट्टायो।

टस हारेर ब्याटिङ्ग गरेको मुम्बईले ८ विकेटको क्षतिमा१४७ रन बनाएको थियो। उसका लागि इविन लुविसले २९ तथा सूर्यकुमार यादव र काइरोन पोलार्डले समान २८ रन बनाए। मुम्बईको यो लगातार दोस्रो हार हो। जवाफि व्याटिङ गरेको हैदरावादका लागि शिखर धवनले २८ बलमा ८ चौकाको मद्दतमा ४५, दीपक हुड्डाले २५ बलमा नटआउट ३२ तथा अद्धिमन साहले २० बलमा २२ रनको योगदान दिए। प्रतियोगिता अन्तरगत शुक्रबार रोयल च्यालेन्जर्स बैङलोरले किङ्स इलाभेन पञ्जावको सामना गर्ने छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु