काठमाडौं डीपीएलको फाइनलमा,चौराहसँग उपाधि भिडन्त

काठमाडौं । काठमाडौं गोल्डेन्स धनगढी प्रिमियर लिग (डीपीएल) को फाइनलमा प्रवेश गरेको छ। दुई भारतीय खेलाडी सन्दी पटेल र सुबोध भाटीले उत्कृष्ट प्रदर्शन गरेपछि दोस्रो क्वालिफायरमा महेन्द्रनगर युनाइटेडलाई पाँच विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । प्रदेश नं ७ को संघीय इकाइ प्रहरी कार्यालयको खेल मैदानमा आज सम्पन्न प्रतियोगिताको दोस्रो क्वालिफायरमा काठमाडौँले टस जितेपछि महेन्द्रनगरले ब्याटिङ गरेको थियो । महेन्द्रनगरले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै एक सय ४२ रन बनायो ।

काठमाडौँले एक सय ४३ रनको विजय लक्ष्य १८ दशमलव दुई ओभरमा पाँच विकेट गुमाएर पुरा गर्‍यो । १४३ रनको लक्ष्य पछ्याउने क्रममा अमित श्रेष्ठ र सुबोध भाटीले काठमाडौंलाई गतिलो सुरुवात दिलाए। अमित र सुबोधले पहिलो विकेटका लागि ७६ रनको साझेदारी गरे। आक्रमक ब्याटिङ गरेका भाटीले १८ बल खेल्दै ४ चौका र ५ छक्काको मद्दतमा ५२ रन बनाए। अमित श्रेष्ठले १९ बल खेल्दै ५ चौकाको मद्दतमा २५ रन जोडे। यस्तै ३१ बल खेलेका कप्तान ज्ञानेन्द्र मल्लले समान १ चौका र छक्काको मद्दतमा २५ रन नै बनाए। भुपेन्द्र थापाले १५ तथा पुष्प थापाले ९ रन योगदान गरे। नरेश बुढाएर ७ तथा सन्नी पटेल ५ रनमा नटआउट रहे।

बलिङमा महेन्द्रनगरका पुनित मेहराले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए। तथा भुवन कार्की, पुनित विष्ट र रवीन क्षत्रीले एकरएक विकेट लिए । यसअघि ब्याटिङ गर्ने क्रममा महेन्द्रनगरले पाँच ओभरमा १० रन बनाउँदै ६ विकेट गुमाएको थियो । ती सबै विकेट सन्नी पटेल एक्लैले लिएका थिए । आरिफ शेख र पुनित मेहराले महेन्द्रनगरलाई सम्मानजनक स्कोरसम्म पुर्‍याए । मेहराले ५८ तथा शेखले ४३ रन बनाए । मेहराले ४२ बलमा चार छक्का र चार चौका प्रहार गरे भने शेखले ३९ बल खेल्दै एक छक्का र चार चौका हाने । करण केसीले १२ बलमा दुई छक्कासहित २१ रन बनाए । बलिङतर्फ प्लेयर अफ द म्याच भएका कठमाडौका सन्नी पटेलले चार ओभरमा एक मेडन राख्दै १० रन खर्चेर ६ विकेट लिए । उनी डिपिएल क्रिकेटको एउटै खेलमा ६ विकेट लिने पहिलो खेलाडी बने । यस्तै सुबोध भाटी र पुष्प थापाले एकरएक विकेट लिए । प्रतियोगिताको फाइनल खेलमा शुक्रबार टिम चौराह धनगढी र काठमाडौँ गोल्डेन्स भिड्ने भएका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु