भारतमै ‘गो ब्याक मोदी’ ट्रेन्ड

एजेन्सी । भारतीय प्रधानमन्त्री आफ्नै देशको चेन्नइ सहर पुग्दा उनीविरुद्ध ट्विटरमा ह्यासट्याग गो ब्याक मोदी ट्रेन्डिङ भएको छ। विवादास्पद कावेरी जल व्यवस्थापन बोर्ड गठन गर्न केन्द्र सरकारले ढिलाइ गरेपछि तमिलनाडुका बासिन्दा मोदीविरुद्ध आक्रोशित भएका हुन्।

मोदी चेन्नइमा डिफेन्स एक्स्पो २०१८ को उद्घाटनका लागि गएका हुन्। तर मोदीको आगमनको विरोध गर्दै डिएमकेसहित अन्य पार्टीका कार्यकर्ताले जताततै कालो झण्डा प्रदर्शन गरेका थिए। दर्जनौँ प्रदर्शनकारी पक्राऊ परेका छन्।

विरोध प्रदर्शनकै कारण चेन्नइ विमानस्थलमा ओर्लेपछि मोदी हेलिकप्टरमा चढेर कार्यक्रमस्थल पुगेका थिए। बिहान साढे ९ बजेदेखि साढे २ बजेसम्म चेन्नइमा रहँदा मोदीले सडक प्रयोग गरेनन्।

आइआइटी मद्रास पुगेका मोदीको कारलाई सँगैको क्यान्सर इन्स्टिच्युट पुर्‍याउन पर्खाल भत्काइएको थियो। त्यो पर्खाल पछि निर्माण गरिने भएको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु