रोकिएको डिपिएल क्रिकेटको फाइनल आजबाट

धनगढी । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनल प्रवेशका लागि आज खेल हुने भएका छन् । बुधबार रोकिएका खेलहरु आज हुन लागेका हुन् ।

महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्सबीचको खेल वर्षाका कारण बुधबार रद्द भएको थियो । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको महेन्द्रनगर युनाइटेडले २ ओभरको समाप्तीमा ८ रन बनाएको अवस्थामा भारी वर्षा भएसँगै खेल रोकिएको थियो । आज ‘रिजर्भ डे’मा यही खेल हुने निर्णय आयोजकले जनाएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु