सिड्नीमा नाईफाको प्रेस मिट सम्पन्न:

नेपाली युथ फोरम अष्ट्रेलियाको आयोजनामा सिड्नीमा हुने मल्टि डाइनामिक शुभकामना सांझको निम्ती नेपालबाट आउनुभएका बरिष्ठ लोकगायक पुरुषोत्तम न्यौपाने,बरिष्ठ हांस्य कलाकार शैलेन्द्र शिम्खडा तथा गायीका प्रश्ना शाक्यको उपस्थितीमा आज सिड्नीमा नाइफाले प्रेस मिट सम्पन्न गरेको छ।

सर्जकको उमेर ढल्कंदै जांदा सर्जकको सृजना पनि हराउने अवस्था आउनुहुंदैन : बरिष्ठ लोकगायक पुरुषोत्तम न्यौपाने

प्रेस मिट कार्यक्रममा बोल्दै बरिष्ठ लोकगायक पुरुषोत्तम न्यौपानेले अहिलेको पुस्ताले अब सामाजिक लोकगित लाई प्राथमिकता दिने कुरामा सबैको ध्यान जानुपर्ने बताउनभयो। स्टेज तताउने खालका गितहरु मात्रै भन्दा पनि नेपाली मौलिक संस्कृति बोकेका गितहरु सृजना गरियो भने हामी पछिका पुस्तामा पनि हाम्रा गीत जीवित रहन सक्छन भन्नुभयो। सर्जकको उमेर ढल्कंदै जांदा सर्जकको सृजना पनि हराउने अवस्था आउनुहुंदैन उहांले भन्नुभयो। लोक गीत अजर र अमर हुनको लागि नेपाली मौलिक संस्कृति बोकेका सामाजिक गीत हुनुपर्छ भन्नुभयो। साथै लोकगीत सबै परिवार बसेर हेर्न सकिने खालको हुनुपर्छ भन्नुभयो। उहाँले गाएका चर्चित गीतहरुमध्येको यो पनि एक हो यो लिंकमा क्लिक गर्नुहोला ।https://youtu.be/eZBnfdhxzbg

प्रवासमा रहने नेपालीले आफ्नो देश नेपाललाई गरेको माया अशाध्यै गहिरो भेटें :बरिष्ठ हांस्य कलाकार शैलेन्द्र शिम्खडा

सोहि प्रेस मिटमा बोल्दै बरिष्ठ हांस्य कलाकार शैलेन्द्र शिम्खडाले  भन्नुभयो प्रवासमा रहने नेपालीले आफ्नो देश नेपाललाई गरेको माया अशाध्यै गहिरो भेटें। हांस्यव्याङ्ग्यबाट विभिन्न सामाजिक परिदृश्य उठाउन सकिने र समाजलाई सकारात्मक पाटोमा लैजानको निम्ती यसले ठुलो भुमिका खेल्छ भन्नुभयो।नेपालि हांस्यव्याङ्ग्यमा पृथक र चोटिलो प्रस्तुती बाट धेरै भन्दा धेरै दर्शकहरु हंसाउन सक्ने क्षमता रहेका शिम्खडाले सिड्निका दर्शकहरुलाई भरपुर मनोरञ्जन गराउनुहुनेछ।https://youtu.be/lP5oXEy04DM

 

साथै गायीका प्रश्ना शाक्यले पछिल्ला पुस्ताका गायक गायीकाले पछिसम्म पनि सुन्न सकिने खालका गितहरु सृजना गर्नुपर्नेमा जोड दिनुभयो। नाईफाका अध्यक्ष सागर अधिकारीले सिड्नी वरपररहनुहुने सम्पूर्ण दर्शकहरुलाई नाइफाले आयोजना गर्ने शुभकामना सांझमा उपस्थित हुनको निम्ती अनुरोध गर्नुभएको छ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु