मेलम्चीको ठेकेदारले माग्यो १ अर्ब ६५ करोड क्षतिपूर्ति

काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २७ किलोमिटर लामो सुरुङ चार वर्षमा पूरा भएको छ । मंगलबार दिउँसो २ः२५ बजे २७.५८४ किमि सुरुङ ‘ब्रेक थ्रु’ भएसँगै मेलम्चीको पानी काठमाडौं छिटै आउने सम्भावना बलियो भएको छ । ठेकेदारले माग्यो १ अर्ब ६५ करोड क्षतिपूर्ति
निर्धारित समयभन्दा ६ महिनाअघि ठेकेदार कम्पनीले सुरुङ खन्ने काम सकेको भए प्रतिदिन ३८ लाख ६१ हजार ७ सय ३५ का दरले ६ महिनाको एकमुष्ट रकम ६९ करोड ५१ लाख १२ हजार ३ सय रुपैयाँ बोनस पाउँथ्यो । तर, यसले निर्धारित समयमा काम सकेन । यद्यपि, यसले अहिले सरकारसँग एक अर्ब ६५ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेको छ ।

समितिका अनुसार ठेकेदार कम्पनीले भूकम्पले क्षति पुर्‍याएकाले निर्माण भइसकेको सुरुङमा चट्टान झरेको र त्यसलाई फोड्न परेकाले क्षतिपूर्ति माग गरेको हो । यही माग राखेर उसले केही दिन कामसमेत रोकेको थियो । पछि सरकार २८ करोड रुपैयाँ दिन राजी भएपछि काम पुनः सुरु भएको थियो । यद्यपि, उसले राख्दै आएको माग भने छाडेको छैन ।

चिनियाँ ठेकेदार कम्पनी सिआरसिसीले छाडेपछि ३१ असार ०७० देखि इटालियन ठेकेदार कम्पनी को–अपरेटिभ मुरातोरी इ सेमेन्तेस्टी (सिएमसी दी रेभेन्ना)ले आयोजना निर्माणको ठेक्का पाएको थियो । ठेक्का सम्झौताअनुसार उसले सुरुङ निर्माणको सम्पूर्ण काम १०९५ दिन (३६.५ महिना) मा सक्नुपर्ने थियो । तर, सुरु निर्माण गर्न १४६० भन्दा धेरै दिन लगाएको छ, नयाँ पत्रिकामा खबर छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु