यसरी तोडिन् बेलायतकी हुनेवाला शाही बुहारीले शाही कानुन

एजेन्सी । वेलायती राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेघन मर्कलको विवाहको चर्चाले अहिले ग्ल्यामर विश्वलाई तताएको छ । अमेरिकी अभिनेत्री मेघन र वेलायती शाही राजकुमार ह्यारीको जोडीलाई विश्वले खूब रुचाएको छ । तर जोडी बाहिररुपमा जति सुन्दर देखिएको छ यो सम्बन्ध निभाउन र शाही घरानको कडा नीतिहरुलाई पालना गर्न अभिनेत्री मेघनलाई त्यत्ति नै गाह्रो हुनेछ ।

मेघन र ह्यारीको विवाह नजिकिँदै गर्दा विश्व समुदाय मेघनले कसरी वेलायती शाही कानुनलाई अपनाउँछिन् र आफ्नो स्वायत्त पहिचानलाई बचाउँछिन् भन्ने गहिरिएर विचार गरिरहेको छ । यसअघि नै मेघनले कपालको स्टाइबाट वेलायती शाही कानुनलाई तोडेर विवादमा आइरहँदा उनले अर्को एउटा शाही कानुन तोडेकी छिन् । उनले दशकौंदेखि चल्दै आएको एउटा वेलायती शाही कानुनको उल्लंघन गरेकी छिन् एक दश वर्षीया बालिकाको लागि ।

जनावरी १८ मा वेल्सकव कार्डीफ क्यासलमा घुम्न गएको समयमा ह्यारी र मेघनको जोडीलाई दश वर्षीया बालिका काइटलिन क्लार्कले भेट्ने मौका पाएकी थिइन् । भेटमा मेघनसँग भेट्न पाएर उत्साहित भएकी बालिका काइटलिनले मेघनसँग एउटा सामान्य अटोग्राफको आग्रह गरिन् । उक्त अभ्यास वेलायती शाही परिवारमा कडा प्रतिबन्ध लगाइएको छ ।

वेलायती शाही सदस्यहरु सधै अटोग्राफबाट टाढा रहँदै आएका छन् । उनीहरु आफ्ना फ्यान र प्रशंसकहरुबाट टाढीनलाई त्यसो गर्दैनन् त्यसपछि एउटा गम्भिर कारण छ ।

विशेषगरी शाही सदस्यहरुमा अटोग्राफीबाट टाढा रहने परम्परा उनीहरुको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर अपनाइएको छ । पहिचान चोरीबाट आफूलाई सुरक्षित राख्न वेलायती शाही परिवारमा त्यस्तो नीति अप्नाइन्छ ।

तर मेघनले ती बालिकालाई अटोग्राफ दिएर त्यस मान्यतालाई तोडेकी छिन् । जुन उनले भूलवश गरेकी हुन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु