सचिव सरुवालाई बनाइयो एकता भड्काउने हतियार

काठमाडौं ।  नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको अन्तिम घडीमा पुनः बिथोल्ने ग्य्रान्डडिजाइन सुरु भएको छ । आफूले रोजेको मन्त्रालय नपाउनेदेखि मन्त्रीका लागि दौडधुप गरेको दुवै पार्टीका बिचौलियाहरूले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डलाई भड्काउँदै दुरी बढाएर एकता भाँड्ने अन्तिम ग्य्रान्डडिजाइन बनाएका हुन् ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली भारत भ्रमणमा जानुअगावै दुवै पार्टी नेतृत्वप्रति असन्तुष्ट बनेको केही नेताहरूले इमोसनल ब्ल्याकमेलिङ गर्दै ओली र दाहालबीच दुरी बढाउने योजना बनाएका हुन् । ‘ओलीलाई म देखाइदिन्छु’ भन्दै हिँडेका एमालेकै केही नेता र प्रचण्डले मन्त्री बनाएन, यिनको एकतालाई खोयाँ पार्छु भन्दै हिँडेको माओवादीका केही नेताहरू आफ्नो स्वार्थका लागि ओली र दाहालबीच दुरी बढाउन लागेका हुन् ।

ओली र दाहाल दुवैको आनीबानीबारे जानकार केही नेताहरूकै सहयोगमा जे गर्दा भड्काउन सकिन्छ, त्यही काम अघि बढाइएको छ । ‘ओली र दाहाललाई एकअर्काबिरुद्ध जे भन्दा आक्रामक हुन्छन्, त्यही काम गर्ने निष्कर्षका साथ काम अघि बढाइएको छ,’ माओवादी केन्द्रका एक नेताले भने ।

एकता भाँड्न विभिन्न चरणमा छलफल गरेपछि ओलीले नै पार्टी एकता नचाहेको भन्दै दाहाललाई माओवादी नेताहरूले उचालिरहेको समेत उनले बताए । उनीहरूले ओलीलाई भड्काउन उनीहरूले प्रदेश–२ का सांसदलाई प्रयोग गरेका छन् । सोहीअनुसार आइतबारको प्रदेशसभा बैठकमा माओवादीका सांसदहरूले प्रधानमन्त्री ओलीविरुद्ध आपत्तिजनक भनाइ राखेका थिए ।

पहिला दिनमा पाँचपटकसम्म फोन गर्थे, अहिले हप्तामा पनि गर्दैैनन्, तपाईंलाई ओलीले गन्दै गन्दैनन् भन्दै प्रचण्डलाई भड्काउने काम जारी छ, प्रचण्ड पनि हो कि हो कि भन्नेमा पुगिसक्नुभएको छ, तर उनीहरूको पूरै विश्वास गर्न सकिरहेका छैनन्,’ दाहाल निकट स्रोतले भन्यो । उनीहरूले सचिव सरुवाको विषयलाई ओलीविरुद्ध दाहाल भड्काउने ठूलै हतियार बनाएका छन

त्यसको प्रतिवाद एमाले सांसदहरूले गरेपछि केही साम्य भए पनि योजना जारिरहेको छ । ‘केही समय यता ओली र दाहालबीच एकताको विषयमा गहन छलफल भएको छैन, यही हो भड्काउने मौका’ भन्दै उनीहरूले यस्तो अभियान चलाएका हुन् । दैनिकजसो १८ घण्टा व्यस्थ प्रधानमन्त्री ओलीले पहिला जसरी नै दाहाललाई फोन गर्न नसकेको विषयसमेत उठाएर दाहाललाई भड्काउने काम भइरहेको स्रोतले बतायो ।

पहिला दिनमा पाँचपटकसम्म फोन गर्थे, अहिले हप्तामा पनि गर्दैैनन्, तपाईंलाई ओलीले गन्दै गन्दैनन् भन्दै प्रचण्डलाई भड्काउने काम जारी छ, प्रचण्ड पनि हो कि हो कि भन्नेमा पुगिसक्नुभएको छ, तर उनीहरूको पूरै विश्वास गर्न सकिरहेका छैनन्,’ दाहाल निकट स्रोतले भन्यो । उनीहरूले सचिव सरुवाको विषयलाई ओलीविरुद्ध दाहाल भड्काउने ठूलै हतियार बनाएका छन ।

सुशासन कायम गराउन प्रधानमन्त्री ओलीले गरेको सचिवको सरुवाबाटै ओली एक्लै हिँड्न खोजेको केही नेताले दिनहुँ दाहाललाई उचालिरहेको स्रोतको भनाइ छ । प्रधानमन्त्रीसँग दैनिकजसो भेटवार्ता होस्, नियमित टेलिफोन वार्ता होस् भन्ने पवित्र चाहना पालेर बसेका दाहाललाई ससानो विषयमा समेत केही पुच्छ्दैनन् भन्दै भड्काउने गरिएको छ । यतिसम्म कि भारत भ्रमणबाट आएपछि फोन गरे त भन्दै इमोसनल ब्ल्याकमेलिङ भइरहेको छ ।

उनीहरूले सरकार गठनअघि दाहालसँग नियमित कुराकानी गर्न ओलीको तर्फबाट खटाइएका परराष्ट्रमन्त्री तथा सचिव प्रदीप ज्ञवाली र प्रधानमन्त्रीका मुख्य सल्लाहकार रहेका पोलिटब्युरो सदस्य विष्णु रिमालले नियमित संवाद नगरेको विषयलाई समेत एकता नचाहेको अर्थमा दाहालसामु प्रस्तुत गरिरहेका छन् ।

पहिला दिनमा पाँचपटकसम्म फोन गर्थे, अहिले हप्तामा पनि गर्दैैनन्, तपाईंलाई ओलीले गन्दै गन्दैनन् भन्दै प्रचण्डलाई भड्काउने काम जारी छ, प्रचण्ड पनि हो कि हो कि भन्नेमा पुगिसक्नुभएको छ, तर उनीहरूको पूरै विश्वास गर्न सकिरहेका छैनन्,’ दाहाल निकट स्रोतले भन्यो । उनीहरूले सचिव सरुवाको विषयलाई ओलीविरुद्ध दाहाल भड्काउने ठूलै हतियार बनाएका छन

‘ओलीले खटाएकाले समेत पुच्छ्दैनन, ओलीले कसरी तपाईंलाई पुच्छन्, एकतापछि त तपाईंलाई समाप्त पारिदिन्छन,’ एकता भाँड्न लागेका केही नेताले दाहालसामु राखेको तर्क उधृत गर्दै स्रोतले भन्यो । छिटो आशंका गर्ने आदत परेका दाहालको मनमा ओलीप्रति आशंका बढाउन सफल भएपछि बिचौलिया समूहले योजना बनाएरै प्रदेश–२ मा ओलीविरुद्ध विषवमन गराएका छन् ।

‘सिएमकै नाम जोडेर एकतामा बार्गेनिङका लागि एकपटक प्रधानमन्त्रीलाई नै दनक दिनुपर्यो भन्ने कुरा आयो, त्यसैअनुसार कुरा राखे तर सिएमलाई जानकारी नै रहेनछ, हप्काउनुभयो,’ प्रदेशसभा २ का एक सांसदले भने । पार्टी एकताकै मुखमा दाहालकै निकट रहेका सांसदबाट संसद् बैठकमै आपत्तिजनक शब्द प्रयोग गराउँदा ओली नेपाल फर्कनासाथ दाहाललाई काउन्टर दिने र दाहालले पनि मलाई बाइपास गर्ने भन्दै भिड्ने अनुमानसहित यस्तो काम गराइएको स्रोतको भनाइ छ ।

ओलीले खटाएकाले समेत पुच्छ्दैनन, ओलीले कसरी तपाईंलाई पुच्छन्, एकतापछि त तपाईंलाई समाप्त पारिदिन्छन,’ एकता भाँड्न लागेका केही नेताले दाहालसामु राखेको तर्क उधृत गर्दै स्रोतले भन्यो । छिटो आशंका गर्ने आदत परेका दाहालको मनमा ओलीप्रति आशंका बढाउन सफल भएपछि बिचौलिया समूहले योजना बनाएरै प्रदेश–२ मा ओलीविरुद्ध विषवमन गराएका छन्

ओली सरकारमा स्थान नपाएका दुवै पार्टीभित्रका बिचौलिया र प्रधानमन्त्री ओलीविरुद्ध माओवादी केन्द्रकै सांसदबाट आवाज उठाएको विषयमा दुवै नेता अनविज्ञ छन् । आफू भारत भ्रमणमा रहेको वेला सचिव सरुवालाई लिएर सार्वजनिक अभिव्यक्ति आउनु, प्रदेशसभा बैठकमा आफूविरुद्ध आपत्तिजनक भनाइ आएपछि प्रधानमन्त्री ओली पनि माओवादीप्रति सशंकित बनेका थिए ।

ओली–दाहालबीच दुरी बढाउने बिचौलिया समूहको योजना यो नै पहिलो भने होइन । यसअघि पनि उनीहरूले आफ्नो काम अघि बढाएका थिए । ओली र दाहालबीच मंसिर अन्तिम साता नै पार्टी एकता टुंगो लगाउने सहमति भयो । झापाको विजय सभालाई सम्बोधन गरेर ओली काठमाडौं फर्किएलगत्तै दाहाल पनि चितवनको विजय सभामा सम्बोधन गरेर फर्किएकै दिन वार्ता गरी एकताको सबै विषय टुंग्याउने निचोड निस्कियो ।

यो खेलबारे दुवै नेता अञ्जान हुनुहुन्छ, दुवै नेताले विश्वास गरेकै नेतासमेत पछिल्लो समय भड्काउने अभियानमा छन्,’ स्रोतले भन्यो

दाहालले विमानस्थलबाटै आफू काठमाडौं आइपुगेको जानकारी दिन आफ्ना सचिवालयका सदस्यलाई भने । तर, गलत सूचना दिँदा झन्डै भाँडियो । दुवै नेता एकले अर्कामाथि शंका गर्दै किन खबर आएन भन्दै २४ घण्टा बिताए ।

सूत्रधारले यस विषयको जानकारी पाएलगत्तै दुवै नेताबीचको आशंका दूर भयो । वार्ता अघि बढेर एकता संयोजन समिति हुँदै कार्यदलसम्म पुगेर पार्टी एकताको अन्तिम बिन्दुमा पुगेको छ । ‘यो खेलबारे दुवै नेता अञ्जान हुनुहुन्छ, दुवै नेताले विश्वास गरेकै नेतासमेत पछिल्लो समय भड्काउने अभियानमा छन्,’ स्रोतले भन्यो । सौर्य दैनिक

Comments

comments

सम्बन्धित शिर्षकहरु