अब कर्मचारी श्रीमान् -श्रीमती एकै ठाउँमा

काठमाडौं । श्रीमान् -श्रीमती दुबै सरकारी जागिरे भए अब सरकारले उनीहरुलाई सकेसम्म सँगै, नभए नजिकैको स्थानीय तहमा खटाउने भएको छ । सरकारले तयार पारेको नयाँ मापदण्डमा यस्तो व्यवस्था छ। मापदण्ड छिट्टै मन्त्रीपरिषद्बाट स्वीकृत गराउने तयारी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको रहेका छन्।

श्रीमान् -श्रीमती फरक फरक ठाउँमा कार्यरत रहँदा कर्मचारी सरुवा मिलाउन दौडधूपमा लागिरहने र कामसमेत प्रभावकारी नहुँने भएकाले दुबैलाई एकै ठाउँमा सरुवा मिलाउने व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताए।

मापदण्डमा स्थानीय तहमा कर्मचारी खटाउँदा दीर्घरोगी, जेष्ठता, अपाङ्गता भएका र गर्भवती एवं एक वर्षभन्दा मुनीको बच्चा भएका कर्मचारीलाई सरुवामा प्राथमिकता दिने उल्लेख छ।

दीर्घरोगी,अपाङ्ग र ५५ वर्ष पूरा भएका कर्मचारीलाई सकभर रोजेकै स्थानमा खटाउने र गर्भवती तथा एक वर्षभन्दा कम उमेरको बच्चा भएका कर्मचारीलाई पायक पर्ने ठाउँमा खटाइने मापदण्ड तयार भएको छ। नागरिक दैनिकबाट ।

Comments

comments

सम्बन्धित शिर्षकहरु