बोआओ अध्यक्षमा बान की मुन विजयी

एजेन्सी । बोआओ फोरम फर एशियाको अध्यक्षमा संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान की मुन निर्वाचित भएका छन् । सोमबार चीनमा भएको निर्वाचनबाट मुनले जापानका पू्र्व प्रधानमन्त्री यासु फुकुदालाई विस्थापित गरेका हुन् । फुकुदा यसअघि अध्यक्ष थिए । चीनका उपविदेशमन्त्री लि बाओडोङ सो फोरमको महासचिवमा नियुक्त भएको अधिकारीहरुले जनाएका छन् । उनीहरुसँगै बिएफएको बोर्ड सदस्यमा १९ जना निर्वाचित भएका छन् ।

निर्वाचित अन्य व्यक्ति पनि विश्वकै र एसियामै प्रभावशाली पूर्व सरकारी उच्च अधिकारीहरु, व्यवसायीक नेताहरु र प्रख्यात तथा प्रतिष्ठित व्यक्तिहरु रहेका छन् । बिएफए सन् २००१ मा स्थापना भएको गैरसरकारी र गैरनाफामूलक अन्तर्राष्ट्रिय संस्था हो । जसले क्षेत्रीय अर्थतन्त्र सुधार र विकासका लक्ष्य पूरा गर्नका लागि एसियाली देशहरुलाई सघाउने गर्दछ ।

यस वर्षको बिएफएको सम्मेलन यही अप्रिल ८ देखि ११ सम्म चीनको बाओमा चलिरहेको छ । बोआओ चीनको दक्षिण द्विप प्रान्त हैनान शहर हो । यो सम्मेलनको यस पटकको मूलनारा ‘विश्वकै समृद्धिका लागि खुल्ला र नविन एसिया’ रहेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु