ओलीले किन भेटे ‘फ्री तिब्बत’ पक्षधर कर्मालाई ? भेटले कुटनीतिक वृत्तमा तरङ्ग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्र तिब्बत पक्षधर धर्मगुरु मास्टर कर्मा तन्पाई ग्यालसेनसँग भारतस्थित नेपाली दुतावासमै भेटेको खुलासा भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री ओलीलाई ग्यालसेनले स्वागत गर्ने क्रममा दुतावासमै भेटेको तस्विर समेत सार्वजनिक भएपछि यो रहस्य खुलेको हो ।

तिब्बतबाट निर्वासित धर्मगुरु दलाई लामाका निकट अनुयायी मास्टर कर्मा तन्पाई ग्यालसेनबीच भएको यो भेटको तस्विर सार्वजनिक भएपछि कुटनीतिक वृत्तमा यसबारे थप चासो बढेको छ ।

केही समय अगाडि एमालेका अध्यक्ष समेत रहेका ओलीलाई मास्टर ग्यालसेनले नेपालमै पनि भेटेर थिए । मास्टर ग्यालेसन नेपाल र भारत दुवैतिर बस्दै आएको बताइन्छ । उनले ओलीसँग निकट सम्बन्ध बनाएको स्रोतको दावी छ ।

ग्यालेनसँगको यो भेटपछि चीनियाँ कुटनीतिज्ञहरुले पनि यसलाई गम्भिरतापूर्वक लिएका छन् । नेपालले एक चीनको पक्षमा उभ्याउँदै आएको छ । चीन विरोधी गतिविधिलाई नेपालले नियन्त्रण गर्दै आएको छ। तर, स्वयं प्रधानमन्त्रीको यो भेटले चीन सशंकित हुनसक्ने कुटनीतिज्ञहरु बताउँछन् ।

चीनले नेपालका नेताहरुमध्ये प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै बढी भरोसा गरेको थियो । नाकाबन्दीका बेला चीनसँग दर्जनौं सम्झौता गरेका ओलीको यो भेटले कुटनीतिक वृत्तमा तरङ्ग ल्याएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु