ऐश्वर्या र अक्षय एकसाथ देखिदै

एजेन्सी । अक्षयकुमार र ऐश्वर्या राय बच्चन लामोपछि एकसाथ देखिन्ने भएका छन् । उनीहरूले ‘खाकी’ र ‘एक्सन रिप्ले’पछि सँगै काम गरेका छैनन् ।तर, उनीहरूका फ्यानका लागि खुसीको खबर छ । भारतीय मिडियाका अनुसार अक्षयकुमार र रजनीकान्तको फिल्म २.० मा ऐश्वर्या पनि देखिनेछिन् ।

उनी विशेष प्राथमिकताका साथ फिल्ममा देखा पर्न सक्ने बताइएको छ । २.० को पछिल्लो भागमा उनी लिड रोलमा थिइन् । पछिल्लो भागको केही अंशमा उनी पनि देखिने बताइएको छ । यो पनि भनिएको छ कि ऐश्वर्याले आफ्नो भागको दृश्यहरूको सुटिङ पनि गरिसकेकी छिन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु