उत्प्रेरणात्म सेमिनार नेपालमा सम्पन्न,’सुखसूत्र’ लोकार्पण

नेत्र पण्डित, काठमाडौं ।  आफुले आफैंलाई चिन्न सक्नुमानै बास्तविक आन्नद छ । जीवनमा सुख सम्भव छ परिस्थिती जे भएपनी आनन्दका साथ रहनलाई हरेक मान्छे योग्य छन् । भन्ने महान सोचका साथ उत्प्रेरणात्मक कार्यक्रम राजधानीमा एक भव्य समारोहका साथ सम्पन्न भएको छ ।

साथै विशिष्ट जीवनका सर्वोत्कृष्ट उत्प्रेरणाले भरीएका, परिवर्तनका उर्जा वोकेका एक सकारात्मक सोचका पुस्तक ‘सुखसूत्र’को लोकार्पण भएको छ । अन्तर्राष्ट्रिय जगतका एक उत्प्रेरक नाम आचार्य राजन शर्मा विश्व शान्तीदुत प्राध्यापक तथा योग साधक आचार्य राजन शर्मा सो उत्प्रेरणात्म कार्यक्रमलाई प्रस्तुत गरेका हुन् ।

विश्वका १५ देशको २५ शहरमा यस्तो उत्प्रेरणात्म कार्यक्रम गर्दै हजारौं मानवको जीवन परिवर्तन गर्न सफल यस्तो खुशी हुने कलाको कार्यक्रम एशियाका विभिन्न मुलुकमा प्रस्तुत गर्ने क्रममा नेपालमा पनि आयोजना गरिएको हो । यसका साथै सकारात्मको सोचले भरिएको उत्प्रेरणाको आगो सल्काउने एक विशेष नविनतम कृती सुखसूत्र पनि सो अवसरमा लोकार्पण गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा विभिन्न विशिष्ट व्यक्तित्व हरुले सो पुस्तकलाई लोकार्पण गरेका थिए । साथै हिंसा र पिडा बाट गुज्रिएर आफ्नो पहाडरुपी विगतलाई पैताला मुनी राखी  नयाँ जिवनलाई शुरुवात गरेका बालबालिका हरुले एकैसाथ पुस्तकका अग्र हरफहरु वाचन गरेर लोकार्पण समारोहलाई थप आकर्षण बनाएका  थिए  ।

सो अवसरमा खचाखच भरिएको होटल एल्लो प्यागोडा हलमा कहिले पेट मिचि मिचि हसाउंदै कहिले सबैलाई स्तव्ध बनाउंदै “हिड्न शुरु गर्नुहोस बाटो आफैं भेटिने छ” । भन्ने जस्ता जोडदार उजगारका बिच सो उत्प्रेरणात्मक कार्यक्रमलाई आचार्य राजन शर्मा अर्थात भीमसेन सापकोटाले सो कार्यक्रम प्रस्तुत गरेका थिए ।

 

सो कार्यक्रममा सहभागी हुन राजधानी बाहिरका जिल्लाहरु झापा, सल्यान, रामेछाप काभ्रे लगाएतका क्षेत्रबाट विभिन्न व्यक्तिहरुले सहभागिता जनाएका  थिए ।

उत्प्रेरक वक्ता तथा विश्व शान्तिदुत आचार्य राजन शर्माको सामाजिक संजालका भिडियो तथा दुर शिक्षा उत्प्रेरणा कक्षा बाट प्रभावित भई जिवन परिवर्तन गरेका आत्महत्या बाट फर्किएका जिवनको यात्रामा नयाँ रङ्ग थपेर अगाडी बढेका विभिन्न व्यक्तीहरुले परिवर्तन सम्भव छ भन्दै आ आफ्ना प्रस्तुती राखेका थिए ।

आत्महत्या बाट फर्किएकी सल्यानकी गिता ओलीको मर्माहक जिवनकथा अष्ट्रेलियामा आफ्नो पौराणिक धर्म छाडेर योग साधक बनेकी “सिन्डी”को आत्मकथा, झापा एस पि  उप्रेतीको जीवन कथाले सबैलाई सुखका साथ जिवन परिवर्तन गरेर बाच्ने  उत्साह थपेको थियो । लोकार्पण पछि सभालाई सम्वोधन गर्दै प्रज्ञा प्रतिष्ठानका कुलपति उप्रेतीले प्रत्येक गाउँ र बस्तिहरुमा यस्ता सकारात्मक युवाहरुको देश लाई खाँचो परेको बताए । त्यस्तै गरी पत्रकार तथा कानुन व्यवसायी स्वागत नेपालले विश्व बजारमा नेपाली उत्प्रेरक वक्ताको रुपमा उभ्याउन खाँचो परिरहेको आवश्यकतालाई आचर्य राजन शर्माले पुर्ति गरेको बताए । उनले भने गिता पछी पढिने आफ्नो पुस्तक सुखसूत्र बनेको बताए । यस्तै कृतीको समिक्षा गर्दै वरिष्ठ साहित्यकार तथा नियात्राकार युवराज नयाँघरेले यो नविनतम कृती भएको बताउंदै यस्ता सकारत्म पुस्तक नेपाली साहित्य वाङ्गमयमा कालजयी बनेर रहने बताए । त्यसै गरी सो अबसरमा रक्षा नेपालकी संस्थापक अध्यक्ष मेनुका थापाले लेखक भीमसेन सापकोटाकै कारण आफुले जीवन परिवर्तन गरेको र परिवर्तनकै अभियानमा लागेको बताईन । सो अवसरमा नागरिक समुहका अध्यक्ष निगम हुमांगाईले सुखसूत्र एक युवाहरुले पढनै पर्ने पुस्तक भएको चर्चा गर्दै आचार्य राजन शर्मा जस्ता युवाहरु वाटै असल देश बन्न सक्ने बताए । त्यसै गरि प्राध्यापक श्रीराम सापकोटा अध्यात्म चिन्तक चिन्तामणी योगी लगाएतले पुस्तकको बारेमा चर्चा गर्दै आचार्य राजन शर्माको विश्वव्यापी अभियान नेपालका लागी गौरव बनेको बताए ।

कार्यक्रमको सुत्रधारको रुपमा सन्ध्या पहाडीले आफ्नो कुशल भुमिका निर्वाह गरेकी   थिइन । परोपकार तथा सामाजिक सेवामा समर्पित सकारात्मक  उर्जा समेटिएको सो पुस्तक रत्न पुस्तक भण्डार आधिकारिक विक्रेता रहने छ ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु