बलिउड अभिनेता सलमान खान रिहा

एजेन्सी । कालो हरिण शिकार प्रकरणमा पाँच वर्षको जेल सजाय पाएका अभिनेता सलमान खान रिहा भएका छन् । उनी शनिबार ५० हजार धरौटीमा रिहा भएका हुन् । उनलाई शनिबार नै जोधपुरको सेसन्स अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

जमानत याचिकामाथि सेशन कोर्टले आफ्नो फैसला सुनाउँदै सलमानलाई जमानत दिएको हो । सेशन कोर्टका न्यायाधीश रविन्द्र कुमार जोशीले सलमानलाई जमानतमा रिहा गरेका हुन् । उनी आजै जेलबाट छुट्ने सम्भावना छ । उनी पचास हजार धरौटी तिरेर छुटेका हुन् । उनी जेलबाट छुटेर जोधपुर एरपोर्ट पुगेका छन् । उनी मुम्बई जानेछन् । उनको साथमा उनकी दुई बहिनी पनि रहेका छन् ।

कृष्णसारको शिकार गरेको विषयमा न्यायाधीशले बिहीबार २ सय १ पृष्ठको लिखित फैसला सुनाउँदै उनलाई ५ वर्षको जेल सजाए तोकेका थिए ।

उनको जमानी बस्ने दुई जनाले पनि २५/२५ हजार रुपैयाँ धरौटी तिर्ने भएका छन् । सलमान खान दुईदिन जोधपुर जेल बसेका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु