अष्ट्रेलियामा नेपाली विद्यार्थी युनिभर्सिटी टप

अष्ट्रेलिया । अष्ट्रेलियामा एक नेपाली विद्यार्थी सन्ध्या लुइँटेलले युनिभर्सिटी टप गरेकी छिन् । इनफरमेसन अफ टेक्नोलोजीमा मास्टर गरिरहेकी सन्ध्याले प्रथम सेमेष्टरमा उत्कृष्ट नतिजा ल्याउन सफल भएकी छिन् ।

लुइँटेलले सन साइन कोष्ट युनिभर्सिटी टप गर्दै नेपालको ना राख्न सफल भएकी छिन । उनलाई अष्ट्रेलियाका शिक्षा मन्त्रीले अवार्ड दिएर सम्मान गरेका थिए ।

सन्ध्याको स्थायी घर मोरङ हो । उनले काठमाडौँको सेन्ट जेभियर्स कलेजबाट विआइएम अध्ययन पूरा गरेकी हुन् । त्यसपछि पढाइलाई थप उचाईमा लैजानको लागि उनी अष्ट्रेलिया आएकी थिइन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु