शाब्दिक समारम्भमा कवि नवीन प्यासीको प्रस्तुति

काठमाण्डौ । चर्चित युवा कवि नविन प्यासीको विभिन्न भाव समेटिएको विभिन्न कविताहरुले राजधानीमा पृथक साहित्यिक माहौल सिर्जना गर्यो । “शाब्दिक समारम्भ” नामक उक्त कार्यक्रममा उपस्थित सर्जकहरुले पनि आ-आफ्ना उत्कृष्ट रचनाहरु वाचन गरेका थिए ।
भोगाइका अनुभूतिहरुले सिर्जनालाई गहनता दिने कुरा कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले बताए । डा. घिमिरेले पढेका कुराहरुले भन्दा परेका कुराहरुले साहित्यलाई निकै वजनदार गराउने कुरा बताए । निरन्तरको साधनाले नै साहित्यकारहरुलाई परिस्कृत गराउने कुरा कार्यक्रमका विशेष अतिथि सुधीर ख्वबिले अभिव्यक्त गरे ।
हातेमालो साहित्य संगम, केन्द्रीय कार्यालय, काठमाडौँको आयोजनामा भएको उक्त कार्यक्रम मेडिया इन्टरनेशनलको हल, सिंहदरबारको पूर्वी गेट अगाडि अनामनगरमा सम्पन्न भयो । संस्थाका कोषाध्यक्ष बिमला दाहालले संचालन गरेको उक्त कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष सुनिल अधिकारीले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सचिव मालिका केशरीले गरेका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु