माहाकालीको मुल सडक ओटासिल निमार्ण कार्य कछुवाको गतिमा

पप्पु गुरुङ्ग, दोधारा । माहाकालीको मुल सडक समयमै ओटासिल नहँुदा स्थानीयहरुलाई आवत जावतमा निकै समस्या खेप्नु परेको छ् । महाकाली झोलुङ्गे पुल देखि कुतियाकवर सम्मको माहाकाली नगरपालिकाको मुल सडक कछुवाको गतिमा निमार्ण हुन थालेपछि स्थानियहरुलाई सास्ती ब्यहोर्नु परेको छ । माहाकाली नगरपालिकाको वडा नं. ४ महाकाली झोलुङ्गे पुल देखि नेपाल–भारत सिमा वडा कुतियाकवर सम्म करिब ११.७ कि.मि. सडकको भदौ सम्म सक्ने गरि ओटासिल गर्ने काम शुरु गरिएको हो । निमार्ण सुरु गरिएको भने पनि ठेकेदारले समय समयमा निमार्ण कार्य रोक्न थालेपछि स्थानियहरु निमार्ण कार्य प्रति असन्तुष्ट जनाउन थालेका हुन् ।

विश्व बैंकको ७ करोड १३ लाख ८० हजार ९ सय ९५ रुपैयाँ आर्थिक सहयोगमा राष्ट्रिय ग्रामिण यातायात सुदृढीकरण कार्यक्रम अन्र्तगत काम थालिएको हो । सडक निमार्णको ठेक्का आशिष ऋषि पराजुली जे भी कम्पनीले पाएको हो । घाम लागेको बेला सडक भरि धुलै धुलो पानी परेका बेला हिलै हिलोले बाटोमा हिड्ने हामी सर्वसाधारणलाई निकै समस्या खेप्नु परेक त छदै छ सडकमा उडेको धुलो घर भित्र पस्दा स्वास्थ्यमा समेत नराम्रो असर पारेको स्थानीय सरोज श्रेष्टले गुनासो गरे ।

फुटेको गिट्टी पाईएन भन्दैमा स्थानीयलाई त सास्ती दिन भएन नि, श्रेष्टले भने । त्यसो त यो समस्या स्थानीयहरुको मात्र होइन स्कुले बालबालिकाहरु, सवारी चालकले समेत सास्ती खेप्नु परेको छ् । घरबाट ड्रेस लगाएर निस्क्यो स्कुल पुग्न नपाउदै ड्रेस फोहर हुने गरेको एक बिद्यार्थी संदिप सा“उदले बताएका छन् । हावा चलेको बेला झनै धुलै धुलोले हामीलाई निकै समस्यामा पारेको सा“उदले बताए । उता बाटोमा राखिएको ब्यग्रल्ती ग्रेबिलले सवारीका साधनहरु दुर्घटनामा पर्न सक्ने सम्भावना रहेको चालकहरुको भनाई छ ।

बाटोमा ब्यग्रल्ती फालिएका ग्रेबिलले गाडी चलाउन पनि निकै समस्या रहेको छ कहिले सम्म यो समस्या खेप्नु पर्ने हो थाहा छैन, एक चालकले भने । सडक निमार्ण कार्य ढिलाईको साथी निमार्ण क्रममा रहेको सडकबाट आउने धुलोले जनजिवन प्रभावित बनाएको भन्दै स्थानियहरुले बेलाबखत सडक जाम समेत गर्दै आएका छन् ।

माहाकाली नगरपालिकाको महाकाली झोलुङ्गे पुललाई छुने गरि चाँदनी बजार, हेल्थपोष्ट बजार, बाबाथान बजार, सात नंम्वर बजार हुदै कुतियाकवर सम्मको मुल सडक ओटासिल गर्न लागिएको छ् । यस अघि नै ओटासिलको लागी सवै तयारी गरिएको भए पनि महाकाली नदीमा पानीको बहाव तिब्र भएको कारण निमार्ण कम्पनीले मेसिनहरु ल्याउन असमर्थ भएको भन्दै काम ढिलो भएको निमार्ण कम्पनीले जनाएको छ् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु