‘मौसममा बदली,मेघगर्जनसहित पानी,चट्याङ पर्दैछ ख्याल गर्नुहोस्’-मौसमविद्

काठमाडौं । शुक्रबार मेघगर्जनसहित उपत्यका लगायत मुलुकका अन्य केहि स्थानहरुमा पानी पर्ने छ । पश्चिमी वायु सक्रिय भएकाले शुक्रबार मेघगर्जनसहित पानी पर्ने मौसमविद् राजु प्रधानाङ्गले बताए । मौसमविद् प्रधानाङ्गका अनुसार, राति काठमाण्डौंसहित धेरै ठाउँमा पानी पारेको पश्चिमी वायु पूर्वतिर सरिरहेका हुनाले अहिले पूर्वका केही ठाउँमा मेघगर्जनसहित पानी परिरहेको छ ।

अरु ठाउँको मौसम सामान्यतया बदली भएको छ ।बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र भारतको बिहारमा बनेको न्यूनचापिय क्षेत्रको प्रभावले शुक्रबार केही ठाउँमा पानी पर्ने प्रधानाङ्गले बताए ।

जल तथा मौसम विभागका अनुसार शुक्रबार विशेषगरी पहाडी भू-भागमा पानी पर्ने छ । स्थानीय वायुको कारण मौसममा प्रभाव पार्ने भन्दै, मौसमविद् प्रधानाङ्गले -‘स्थानीय वायुको प्रभावका कारण दिउँसोपछि चट्याङ र हावाहुरी आउने सम्भावना रहेको भन्दै सावधानी अपनाउन आग्रह गरेका छन् ।’
काठमाण्डौं राति १ दशमलव ४ मिलिमिटर पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जुम्ला , काठमाडौं, लुम्ले र जिरी विराटनगर पोखरामा पानी परेको छ । २४ घण्टाको समयमा सबैभन्दा धेरै पानी जुम्लामा १७ दशमलव २ मिलिमिटर पानी परेको छ

Comments

comments

सम्बन्धित शिर्षकहरु