फर्पिङ बस दुर्घटनाः गम्भीर घाइते दुई जनाको मृत्यु

काठमाडौं । दक्षिणकालीबाट काठमाडौं आउँदै गरेको बस फर्पिङमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बा १ ख ९९९९ नम्बरको बस दुर्घटनामा गम्भीर घाइते भएका चारमध्ये दुईको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा दक्षिणकाली नगरपालिका ५ का ४२ वर्षीय मञ्जु बस्नेत र सोही नगरपालिका ३ वस्ने २५ वर्षीय सुनील श्रेष्ठ रहेका छन् । दुर्घटनामा २२ जना घाइते भएका छन्। २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरुको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु