गाईको आत्मकथा: यसरी म बलात्कृत भए,कृतिम गर्भाधान गराएका रे !

मेरो नाम माली गाई हो । म अहिले ७ वर्षकी भए । मेरा २ छोरा र १ छोरी छन् , जेठो छोरा हलो जोत्छ , माइलोले गाडा तान्छ , दुबै निकै मिहेनती छन् । त्यै पनि उनिहरुका मालिकले बेला-बेला कुटिरहन्छन् , बिचाराहरु मसंग गुनासो गर्छन् । उनिहरुका मालिकले कुटेका सुम्ला देखाउछन् । छोरीलाई लक्ष्मी पुजाको दिन ग्राहकले लिएर गएका हुन् । पछि इन्डिया तिर बेचे भन्ने सुनेकी छु । मेरो बुवा यस संसारमा हुनुहुन्न , अझ भनौ उहाँलाई मैले देख्न नै पाइन । म नजन्मदै उहाँ शहीद हुनुभएछ देशको लागि , जनयुद्धमा बलिदान दिन लगाएका अ रे ।

हाम्रो घरको नाममा खरले छाएको एउटा गोठ थियो । त्यहाँ म , मेरी आमा , मेरो दाइ , हाम्री फुपु काली भैंसी अनि बंगुर सम्धि र साली लाम्काने बाख्री थियौं । जात फरक भए पनि हामी सबै मिलेर बस्थ्यौं , आपसमा सुख , दुख साटासाट गर्थ्यौं । मलाई अचम्म लागिरहे चेतनशिल प्राणी भन्ने मान्छेहरु किन एक आपसमा मिल्न नसकेका होलान ?? किन छुट्टा-छिट्टै जातिय राज्य चाहिएको होला ??

म जन्मिदा मेरी आमालाई निकै सकस भएको रे , लामो बेथा लाग्दा पनि म नजन्मेपछि भेट्नरी डाक्टर बोलाएर डेलिभरी गराएका रे । आमा भन्ने गर्नुहुन्थ्यो “सबै मान्छे निर्दयी हुदैनन् , कोही निकै दयालु पनि हुन्छन् , उहाँ डाक्टर नभएको भए सायद तिमीले यो संसार देख्न पाउने थिइनौ छोरी ” । गोठमा निकै जाडो हुन्थ्यो , वर्षामा पानी चुहिन्थ्यो , म कुक्रुर्क्क परेर आमाको टाट्नेमा गुटुमुटु पर्थे , मेरी आमाले मलाई सुम्सुमाइ रहनुहुन्थ्यो ।

म हुर्किदै गए , एकदिन मलाई असैह्य भयो , कता कता काउकुती लाग्यो , रातैभरि छट्पटी भयो, म आत्तिएं र आमालाई सुनाएँ , आमा मुसुमुसु हॉस्नु भयो , “छोरी तिमी तरुनी भयौ , अब तिमीलाई ज्वांइ खोज्नु पर्ने भो” नभन्दै भोलीपल्ट मालिकले एउटा इन्द्रधनुषी मान्छे लिएर आए । मलाई हात-खुट्टा बांधेर बटार्नु बटारे , पछि आमाले भन्नु हुन्थ्यो कृतिम गर्भाधान गराएका रे , यसरी म बलात्कृत भएं । मैले संसर्गको अनुभव लिनै पाइन , निकै खल्लो लागिरह्यो ।

मेरो दाइ पनि हुनुहुन्थ्यो उहाँ निकै बदमास हुनुहुन्थ्यो , मान्छेहरु नयाँ नयाँ भाउजुहरु लिएर आइरहन्थे । उहाँले सबैलाई सन्तुष्ट बनाएर पठाउनु हुन्थ्यो । उहाँ कहिलेकाही म माथी पनी गिद्दे नजर लगाउनु हुन्थ्यो । एकदिन मालिकले उहाँलाई लगेर भ्यासेक्टोमी गरिदिएछ , डाम्नाहरुले झन्डै मारेनन् उहाँ यस्तै भन्नु हुन्थ्यो । दुख्यो-दुख्यो भन्दै धेरैदिन सम्म गुनासो गर्नुहुन्थ्यो ।

आमा बुढी भैसक्नु भएको थियो, एकदिन मालिकको छोराले म र मेरी आमालाई भिरमा चराउन लग्यो , आमा अप्ठेरोमा हुनुहुन्थ्यो । उसले लात्तिले हानेर आमालाई भिर बाट लडाइदियो । मेरी आमा ड्वां-ड्वां गर्दै पहरोबाट तल पछारिनु भयो । शरीर पुरै छेद-बिच्छेद थियो । म हेरिरहें त्यो दृश्य एक अबोध बालकले झै, रोइरहें कैयौं दिनसम्म प्यारी आमाको सम्झनामा । त्यसदिन देखि मलाई यी मान्छे भन्ने प्राणी प्रति नै घृणा जागेर आउंछ , कति निर्दयी हुन सकेको होला ।

मेरी आमा भन्ने गर्नुहुन्थ्यो , हामी धेरै भग्यमानी अ रे , नेपाल जस्तो पबित्र देशमा जन्मिन पायौं रे , यहाँ त हामीलाई देउता मानेर पुजा गरिन्छ रे , राष्ट्रीय जनावर हुन पाएका छौं रे , युरोप अमेरिका तिर जन्मेको भए त फुपु भैंसी र बंगुर सम्धिलाई जस्तै घन र भालाले रोपेर, मारेर, टुक्रा-टुक्रा पारेर , तातो पानीमा भक्- भक् उमालेर , तातो तेलमा पर्-पर् भुटेर उनिहरुको भोक मेटाउथे रे ।

हुन त अचेल नेपालमै पनि हामीलाई काटेर खान पाउने नियम-कानुन बनाउदै छन् रे , त्यो कुरा थाहा पाएदेखि मलाई खान पनि मन लागेको छैन , निन्द्रा पनि लाग्दैन । यो चेतनशिल प्राणी मान्छेले हाम्रो दुधबाट दही, मोही, नौनी, घिउ, चिज र हाम्रो मल-मुत्रले फलेका अन्न अनाजले खान नपुगेर हाम्रै छाला किन लुछ्न खोजेको होला ? हाम्रो पनि उनिहरुको जस्तै मन, मुटु र संबेदना हुन्छ, उनिहरुलाई जस्तै हामीलाई पनि दुख्छ भन्ने किन नबुझेको होला, म सोचिरहन्छु ……., अब त उज्यालो पनि हुन लागेछ, भोक पनि साह्रै लागेको छ, बाँ……… ।

लेखक: गणेश आचार्य
हाल: इटाली

Comments

comments

सम्बन्धित शिर्षकहरु