अन्तरीक्षमा पठाइएको चीनको ‘स्पेस स्टेशन’नियन्त्रण बाहिर,पृथ्वीमा खस्दै !

एजेन्सी । सन २०२२ मा अन्तरीक्षमा मानव स्टेशन स्थापित गर्न लक्ष्यको साथ सन २०११ मा अन्तरीक्षमा पठाइएको चीनको स्पेस स्टेशन नियन्त्रण बाहिर गएको वैज्ञानिकहरुले दावी गरेका छन् । अन्तरीक्षमा पठाइएको उक्त स्टेशनले पाँच वर्षसम्म राम्रै काम गरेको थियो । पाँच वर्षमा काम गरेपछि पृथ्वीमा झर्ने अनुमान गरिएको थियो ।

अहिले कहाँ कुन समयमा झर्ने हो पत्ता लगाउन मुस्किल भएको बैज्ञानिकहरुले बताएका छन् । वैज्ञानिकहरुले स्पेस स्टेशन पृथ्वीको कतातिर खस्छ भनेर निगरानी बढाइरहेका छन् । तियाँगोंग-१ चीनको महत्वकांक्षी अन्तरीक्ष कार्यक्रमको हिस्सा हो । ३० मार्चदेखि दुई अप्रिलसम्म यो यन्त्रमा जमीनमा झर्न सक्नेृ अनुमान गरिएको छ । । धेरै स्पेस स्टेशन अन्तरीक्षमै जलेर नष्ट हुन्छन् ।

China launched Tiangong-1 in 2011

चीनले सन २०१६ मा द तियांयोंग-१ सम्पर्कविहीन भएको र नियन्त्रण बाहिर गएको पुष्टि गरेको थियो । द युरोपियन स्पेस एजेन्सीको भनाइअनुसार यो क्रमशः पृथ्वीको नजिक आउँदै छ । द अष्ट्रेलियन सेन्टर फर स्पेस इन्जिनियरिङ रिसर्चका उपनिर्देशक डा एलियास अबाउटेनियसले बीबीसीसँग कुरा गर्दै भनेका छन्, ‘जब यो पृथ्वीको १०० किलोमिटर नजिक आउँछ गर्मी चढ्दै जान्छ र धेरैजसो स्पेस स्टेशन जलेर नष्ट हुन्छ ।’

विभिन्न अनुसन्धान अनुसार वातावरणमा गुज्रिँदा ८.६ टनको अधिकांश हिस्सा आफै नष्ट भएर जान्छ । इन्धन ट्याङ्की र रकेट इन्जिन पुरै नजल्न पनि सक्छ र, बचेका टुक्राहरु बचेका टुक्रा चट्याङको शैलीमा खस्ने भन्दै वैज्ञानिकले त्यसबाट मानवीय क्षतिको सम्भावना कम हुने बताएका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु