अस्ट्रेलियाले गर्‍यो दुई रुसी कूटनीतिज्ञलाई देश निकाला

क्यानबेरा । अमेरिका र युरोपका केही देशहरुले रुसी कूटनीतिज्ञहरूलाई देश निकाला गरिरहेको अवस्थामा यस्तो मुलुकको सूचीमा पछिल्लो समयमा अष्ट्रेलिया पनि थपिएको छ। एक पूर्व रुसी गुप्तचर सेर्गेइ स्क्रिपाल र उनकी छोरीमाथि विष खुवाएर मार्ने प्रयासमा बेलायतले २३ रुसी कुटनितिज्ञको हात रहेको भन्दै सुरुमा देश निकाला गरेको थियो। सो घटनामा आफ्नो हात नरहेको बताउँदै आएको रुसले पनि उत्तीकै संख्यामा बेलायती कुटनितिज्ञहरुलाई रुस छाड्न आदेश दिएको थियो।

पेचिलो बन्दै गएको सो काण्डमा युरोपेली युनीयनले पनि बेलायतकै साथ दिँदै रुसस्थित आफ्ना राजद्तलाई फिर्ता बोलाइसकेको छ भने अमेरिकाले ६० रुसी कसटनितिज्ञलाई रुस फर्कन आदेश दिइसकेको छ। उता हालसम्म २० वटा देशहरुले करिब १ सयभन्दा बढी रुसी कुटनितिज्ञलाई देश निकाला गरिसकेका छन्। बेलायतको साल्सबरीमा भएको सो आक्रमणका बारेमा बोल्दै अष्ट्रेलियाली प्रधानमन्त्री माल्कोल्म टर्नबुलले भने,‘यो आक्रमण बेलायत मात्रै होइन, हामी सबैमाथी भएको आक्रमण हो।’

अष्ट्रेलियाका प्रधानमन्त्री टर्नबुलले युरोपमा पनि निकै लामो समयपछि यस्तो विषाक्त वस्तुको प्रयोगबाट स्तब्ध पार्ने खालको हमला गरिएको बताए। अष्ट्रेलियाले पनि २ जना रुसी कूटनीतिज्ञलाई निकाला गर्ने आदेश दिएको यहाँका सरकारी अधिकारीहरुले बताएका छन्। अष्ट्रेलियाले ती कूटनीतिज्ञलाई आफै देश छोड्न आदेश दिँदै सार्वजनिक सूचना नै प्रकाशन गरेका छन्। यस्तो प्रकृतिको विषालु पदार्थको हमला गरिएका पूर्व रुसी जासुस सेर्गेइ स्क्रीपाल र उनकी छोरीको गम्भीर अवस्थामा उपचार भइहेको बताइएको छ। यसै विषयमा जर्मनी र फ्रान्सले पनि सोमबार नै चार–चार जना रूसी अधिकारीलाई फिर्ता पठाउने निर्णय गरेका छन्।

यसरी यी रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने अभियान युरोपमा पनि पुगेको छ। यसैगरी युरोपेली यूनियनका सदस्य रहेका अन्य १४ राष्ट्रले पनि क्रमशः रूसलाई एक्लाउने नीति अनुरूप कडा कदम चाल्न सहमत भएका बताइएको छ। उता रूसले भने आफ्ना कूटनीतिज्ञहरुलाई फिर्ता पठाउने गरी गरिएका यी पछिल्ला निर्णयहरुको कडा शब्दमा विरोध गरेको छ।

यस विषयमा प्रतिक्रिया दिँदै रुसले आफ्नो देशका विरुद्धमा भएका क्रियाकलापहरुको जवाफ उचित समयमा उचित रुपमा दिइने बताएको छ। यस विषयमा नवनियुक्त रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै प्रतिक्रिया दिएका छैनन्। तर रुसी विदेश मन्त्रालयले विभिन्न देशहरुका यी कदमहरुको कडा शब्दमा विरोध गरेको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु