‘शत्रु गते’को आक्रमक व्यापार,तीन दिनको कमाई कति ?

काठमाडौं । शुक्रवार देखि प्रदर्शनमा आएको चलत्रित्र ‘शत्रु गते’ ले सिंगल र मल्टिप्लेक्स स्क्रिन सबैतिर आक्रामक व्यापार गरिरहेको छ । शुक्रवार ६० देखि ८० प्रतिशत अकुपेन्सी मिलेको चलचित्रले शनिवार, आईतवार भने शतप्रतिशत व्यापार गरेको छ ।

आक्रमक व्यापारसँगै तीन दिनमा कमाई तीन करोड,५० लाखको हाराहारीमा पुगेको छ । चलचित्रले पहिलोदिनमा एक करोडको हाराहारी कमाई गरेको थियो भने शनिबार मात्रै सिनेमाले एक करोड ५० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । आईतवार भने एक करोडकै हाराहारीमा कमाई गरेको छ ।

शनिबार जस्तै आइतबार पनि सार्वजनिक बिदा परेपनि शनिवारको हाराहारीमा कमाई गर्न भने सकेन् । बिहानी ‘शो’ मा ८० प्रतिशत अकुपेन्सी रहे पनि त्यसपछिका सबै ‘शो’हरु हाउसफुल रहँदै आएका छन् । नेपाली चलचित्रको ठूलो बजार मानिने चितवन, पोखरा, वुटवल, दमक, विर्तामोड, धरान, इटहरी लगायतमा ठाउँमा पनि आइतवार ‘शत्रु गते’ आक्रमक नै देखिएको थियो ।

देशभरका १२६ हलमा प्रदर्शन भएको यो सिनेमाका ‘शो’हरु पनि थपिएको निर्देशक प्रदीप भट्टराईले बताए । ‘जात्रा’ पछि प्रदीपको निर्देशन रहेको यो दोस्रो सिनेमा हो । मह सञ्चारको ब्यानरमा निर्माण भएको यस सिनेमामा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, शिवहरि पौडेल, बसुन्धरा भुषाल, रमेशरञ्जन झालगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

सम्बन्धित शिर्षकहरु