रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाको आयोजनामा सिड्नीमा रक्तदान कार्यक्रम सम्पन्न:

सिड्नी अष्ट्रेलिया ,

अष्ट्रेलिया सिड्नीमा रहेको परोपकारी संस्था रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाको आयोजनामा सिड्नीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। २४ मार्च २०१८ शनिबार सम्पन्न सो रक्तदान कार्यक्रम अष्ट्रेलियन ब्लड सर्भिस टाउन हल डोनर सेन्टरमा भएको थियो।

सो कार्यक्रममा सहभागिभइ रक्तदान गर्ने र सहभागिता जनाउनहुने महानुभावहरुलाई संस्थाका अध्यक्ष कृष्ण गैरेले धन्यबाद दिनुभएको थियो। असनेपालन्युज संग कुरा गर्दै अध्यक्ष गैरेले भन्नुभयो रक्तदान जस्तो पूण्यकार्यमा सहभागि हुन पाउँदा आनन्दको अनुभुती हुन्छ।रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाले विगतमा पनि नेपाली समुदाय संग जोडिएका थूप्रै परोपकारी कार्यक्रमहरु गर्दै आएको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु