अनिश्चितकालिन भोक हड्तालमा बस्दै अन्ना

एजेन्सी । किसानहरुको मागका लागि भारतीय सन्त नेता अन्ना हजारेले आज देखि अनशन शुरु गर्नेभएका छन् । हजारे आजदेखि रामलीला मैदानमा अनिश्चितकालका लागि भोक हड्तालमा बस्दैछन् । अन्ना हजारे शुक्रवार बिहानै राजघाट पुगेर गान्धीको समाधीस्थलमा श्रदा सुमन अपर्ण गरेका छन् । आधा घण्टा जति त्यहाँ समय बिताएपछि उनी त्यहाँबाट निस्किएका छन् । खबरहरुका अनुसार गान्धीको समाधीस्थलमा पुगेर उनी रोएका थिए । त्यहाँबाट निस्किएर उनी शहीद पार्क हुँदै रामलीला मैदानमा पुगेर अनिश्चितकालका लागि भोक हड्तालमा बस्नेछन् ।

यस अघि नेता हजारेले सरकारलाई लक्षित गर्दै प्रदर्शनका लागि दिल्ली आइरहेका मानिसहरुको ट्रेन रद्द गरिएको पनि बताएका थिए । साथै उनले आफुले पत्र लेखेपश्चात पनि सरकारले आफ्नो सुरक्षाका लागि प्रहरी बल तैनाथ गरेर धूर्त रवैया अपनाउन चाहेको आरोप लगाएका छन् ।

अन्ना हजारे लामो समयदेखि किसान आन्दोलनको लागि देशभर भ्रमण गरिरहेका थिए । भारतमा किसानहरु न्युनतम मूल्य, निश्चित आम्दानीको वकालत गरिरहेका छन् । यसैका लागि किसानहरु केन्द्र सरकारको विरुद्धमा उत्रिएका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु