नेपाल नेदरल्याण्ड्ससँग ४५ रनले पराजित,सातौं स्थान हात पार्नबाट चुक्यो

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट छनोटमा सातौं स्थान हात पार्नबाट चुकेको छ । नेदरल्याण्ड्ससँगको खेलमा ४५ रनले पराजित भएसँगै नेपालले ८ औं स्थान पाएको छ । टस जितेर ब्याटिघ रोजेको नेदरल्याण्ड्सले नेपाललार्इ १९० रनको विजयी लक्ष्य दिएकोमा नेपाल ४४।४ ओभरमा १४४ रन बनाएर अलआउट भयो । जारी प्रतियोगिताको कुनै पनि खेलमा जम्न नसकेका ज्ञानेन्द्रले आज पनि सम्झन लायक प्रदर्शन गर्न सकेनन् ।

प्रतियोगितामा राम्रो ब्याटिङ गरेका कप्तान पारस खडकाले पनि आज राम्रो प्रदर्शन गर्न सकेनन् । खडका आज २२ रनमा आउट भए । नेपालका आरिफ सेख (५) रोहित पौडेल (शून्य) दिपेन्द्रसिंह ऐरी (२५) रनमा आउट भए ।

लामो समय बेञ्चमा बसेर आजको खेलमा मैदानमा उत्रिएका शक्ति गौचन पनि शून्य रनमा आउट भए । करण केसी (१३) रनमा आउट हुँदा बलिङ र ब्याटिङ दुबैमा चम्केका सोमपाल कामी सर्वाधिक (३६) रनमा आउट भए । ललित राजवंशी (२) रनमा आउट हुँदा सन्दीप लामिछाने (१४) रनमा नटअाउट रहे । यसअघि टस हारेर फिल्डिङ गरेको नेपालका लागि १० ओभर बलिङ गरेका सोमपालले २ मेडन ओभर फाल्दै २४ रन दिएर ४ विकेट लिए ।

लिस्ट ए प्रतियोगितामा ५० विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका सोमपालले आजको खेलमा ४ विकेट लिएसँगै ५४ विकेट लिएका छन । सन २०१४ मा युएइ विरुद्धको खेलबाट उनले लिस्ट ए को खेलमा प्रवेश गरेका थिए । १० ओभर नै बलिङ गरेका सन्दीप लामिछाने र ललित राजवंशीले २/२ विकेट लिए । शक्ति गौचनले १ विकेट लिए । नेदरल्याण्ड्सका बास डी लिडीले सर्वाधिक ३९ रन बनाए । म्याक्स डाउडले २८, रोयलिफ म्यरउइ र स्कट इडवार्सले २५/२५ रन बनाए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु