विश्वका सबैभन्दा सुरक्षित एयरलाइन्सको सूचीमा अष्ट्रेलियाको जेटस्टार एयरवेज पनि(सूची सहित)

एजेन्सी। अष्ट्रेलियाको जेटस्टार एयरवेज विश्वको सबैभन्दा सुरक्षित एयरलाइन्सको सूचीमा पर्न सफल भएको छ । जर्मनीको ज्याकडेक कन्सल्टिंग काम्पनीले गरेको अनुसन्धानपछि सार्वजनिक भएको डाटामा नवौं स्थानमा पर्न सफल भएको हो ।

संसारको सबैभन्दा सुरक्षित एयरलाइन्स भने दुबईको इमिरेट्स एयरलाइन्स बन्न सफल भएको छ। दुर्घटना, जहाजको आयू, हावापानी, एयरलाइन्सले यात्रुलाई दिने सेवा सुविधा आदि सम्बन्धि अनुसन्धानको आधारमा उक्त सूची तयार पारिएको बताइएको छ ।

उक्त अनुसन्धानपछि जेटस्टारले सुरक्षा तर्फ ९२.१२ प्रतिशत पाएको छ। यो एयरलाइन्स सन् २००३ मा स्थापना भएको थियो। यस एयरलाइन्सले विभिन्न ३७ ठाउँमा पुग्नको लागि सेवा दिंदै आएको छ।

विश्वका सबैभन्दा सुरक्षित २० एयरलाइन्स :

१. इमिरेट्स एयरलाइन्स, दुबई
२. नर्वेजियन एयर शटल, ओस्लो नर्वे
३. भर्जिन अट्लानटिक, इंग्ल्याण्ड
४. केएलएम, नेदरल्याण्ड
५. इजीजेट, इंग्ल्याण्ड
६. फिनएयर , फिनल्याण्ड
७. एथीहाड एयरवेज, यु.ए.ई
८. स्पिरिट एयरलाइन्स, फ्लोरिडा अमेरिका
९. जेटस्टार एयरवेज, मेलबर्न अष्ट्रेलिया
१०. एयर अरेबिया, यु.ए,ई
११. वुएलिङ्ग एयरलाइन्स, स्पेन
१२. क्याथे प्यासिफिक, हंगकंग
१३. एल अल , इजरायल
१४. सिंगापुर एयरलाइन्स, सिंगापुर
१५. इभा एयर, ताइवान
१६. युरोविङ्ग्स, जर्मनी
१७. जेटब्लु एयरवेज, न्युयोर्क अमेरिका
१८. क्यापिटल एयरलेन्स, चीन
१९. ओमन एयर, ओमन
२०. एयर क्यानडा , क्यानडा

 

Comments

comments

सम्बन्धित शिर्षकहरु