एनआइसी एशियामा कार्यबाहक प्रमुखमा न्यौपाने

काठमाडौं । एनआइसी एशिया बैंकले कार्यबाहक प्रमुखमा रोशन कुमार न्यौपानेलाई नियुक्त गरेको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उनलाई नियुक्त गरेको हो ।

बैठकले लक्ष्मण रिसालले प्रमुख कार्यकारी अधिकृतबाट दिएको राजिनामा पनि स्वीकार गरेको छ । गत फागुन २३ गते रिसालले राजिनामा गरेका थिए । राष्ट्र बैंकको कुलिङ पिरियट लागु भएसँगै रिसाल आगामी ५ महिनासम्म अर्को कुनै संस्थामा प्रमुखको रुपा जान नपाउने भएका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु