कक्षा ११ र १२ को परीक्षा केन्द्र तोकियो, तपाईको कहाँ पर्‍यो ? ( परीक्षा केन्द्र सहित)

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ । २०७५ साल बैशाख र जेठमा सञ्चालन हुने परीक्षाका लागि बिहीबार बोर्ड बैठकले केन्द्र निर्धारण गरेको हो । परीक्षाका लागि देशभर एक हजार ४९ केन्द्र निर्धारण गरेको बोर्डका प्रवक्ता तथा उपनियन्त्रक जयन्ती सत्यालले जानकारी दिए ।

बोर्डले गत वर्ष ९९२ वटा परीक्षा केन्द्र निर्धारण गरेकामा यस वर्ष भने ५७ वटा परीक्षा केन्द्र थप गरेको छ । आगामी वैशाख १४ गतेदेखि शुरु हुने कक्षा १२ को परीक्षा ३० गते सम्पन्न हुनेछ भने वैशाख ३१ गतेदेखि कक्षा ११ को परीक्षा शुरु हुनेछ ।

यस वर्ष कक्षा ११ र १२ मा गरी साढे ९ लाख परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन् । त्यस्तै बिहीबार बसेको बैठकले शुक्रबारदेखि प्रश्नपत्र छपाइ सुरु गर्ने समेत निर्णय गरेको छ । जनक शिक्षा सामग्री केन्द्रमा प्रश्नपत्र छपाइ सुरु हुनेछ । प्रश्नपत्र छपाइका लागि एक महिना लाग्नेछ ।

बोर्डले वेवसाइटमा प्रकाशित गरेको सूचना अनुसार  हेर्नुहोस परीक्षा केन्द्रहरू 

२०७५ सालमा संचालन हुने कक्षा ११ र १२ को बार्षिक परिक्षाको स्वीकृत परिक्षा केन्द्रहरुको नामावली (पोखरा)

२०७५ सालमा संचालन हुने कक्षा ११ र १२ को बार्षिक परिक्षाको स्वीकृत परिक्षा केन्द्रहरुको नामावली (नेपालगंज)

२०७५ सालमा संचालन हुने कक्षा ११ र १२ को बार्षिक परिक्षाको स्वीकृत परिक्षा केन्द्रहरुको नामावली (लाहान)
२०७५ सालमा संचालन हुने कक्षा ११ र १२ को बार्षिक परिक्षाको स्वीकृत परिक्षा केन्द्रहरुको नामावली (काठमाडौँ Valley बाहिर)
२०७५ सालमा संचालन हुने कक्षा ११ र १२ को बार्षिक परिक्षाको स्वीकृत परिक्षा केन्द्रहरुको नामावली (जनकपुर)
२०७५ सालमा संचालन हुने कक्षा ११ र १२ को बार्षिक परिक्षाको स्वीकृत परिक्षा केन्द्रहरुको नामावली (हेटौडा)
२०७५ सालमा संचालन हुने कक्षा ११ र १२ को बार्षिक परिक्षाको स्वीकृत परिक्षा केन्द्रहरुको नामावली (धनगढी))
२०७५ सालमा संचालन हुने कक्षा ११ र १२ को बार्षिक परिक्षाको स्वीकृत परिक्षा केन्द्रहरुको नामावली ( दाङ)
२०७५ सालमा संचालन हुने कक्षा ११ र १२ को बार्षिक परिक्षाको स्वीकृत परिक्षा केन्द्रहरुको नामावली (डडेल्धुरा))
२०७५ सालमा संचालन हुने कक्षा ११ र १२ को बार्षिक परिक्षाको स्वीकृत परिक्षा केन्द्रहरुको नामावली (बुटवल)

Comments

comments

सम्बन्धित शिर्षकहरु