युरोपा लिग अन्तरगत आर्सनलको एसी मिलान विरूद्ध जित

एजेन्सी । शुक्रबार राति भएको युरोपा लिगमा आर्सनलले एसी मिलानलाई ३-१ गोलले पराजित गरेको छ । आर्सनलले सम्रगमा ५-१ गोलको जित निकाल्दै युरोपा लिगको अर्को चरणमा प्रवेश गरेको छ । अर्को चरणमा पुग्नका लागि एसी मिलानलाई सानदार कमव्याकको आवश्यकता रहेको थियो । तर, खेलको ३५ औ मिनेटमा गोल गर्दै अग्रता लिए पनि एसी मिलानले अग्रता जोगाउन सकेन ।

एसी मिलानाका लागि हकनले गोल गरेका थिए । तर, त्यसपछि खेलमा चम्कियो आर्सनल । आर्सनलका लागि ड्यानी वेलबेकले दुई गोल गरे भने ग्रानिट जाखाले एक गोल गरे । प्रिमियर लिगमा खासै गतिलो खेल प्रदर्शन गर्न नसकेको आर्सनल च्याम्पियन्स लिगमा फर्कन पनि युरोपा लिग जित्नै पर्ने दबाब रहेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु