विश्वप्रसिद्ध वैज्ञानिक स्टेफेन हकिङको निधन

इंग्ल्यान्ड । भौतिकशास्त्री तथा वैज्ञानिक स्टेफेन हकिङ्गको निधन भएको छ। ७६ वर्षीय हकिङको इंग्ल्यान्डको क्याम्ब्रिजस्थित आफ्नै निवासमा बुधबार बिहान निधन भएको पारिवारिक स्रोतले बताएको छ। हकिङ्गका सन्तानहरु लुसी, रोवर्ट र टिमले संयुक्त रुपमा आज एक वक्तव्य जारी गरी निधन भएको जनाएका हुन्।

वक्तव्यमा भनिएको छ, ‘आज आदरणीय पिताको निधनले हामीलाई स्तब्ध तुल्याएको छ। उहाँ एक महान् वैज्ञानिक तथा अभुतपूर्व मानिस हुनुहुन्थ्यो। जसको काम र विरासत वर्षौं सम्म बाँचिरहनेछ।’ स्टेफेन हकिङ्ग न्युटनपछिका ठूलो बैज्ञानिक मानिन्छन् । ब्ल्याक होल पत्ता लगाएका उनलाई खगोलशास्त्रका चर्चित बैज्ञानिक मानिन्छ । उनलाई अमेरिकाले सबैभन्दा उच्च नागरिक सम्मान दिएको छ । उनको ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ किताब चर्चित छ । यो सर्वाधिक बिक्री भएको पुस्तक मानिन्छ ।

हकिङ्गको जन्म बेलायतमा ८ जनवरी १९४२ मा भएको थियो । उनी १९६३ देखि मोटर न्युरोन नामक रोगबाट पीडित थिए। सो समयमा चिकित्सकहरुले उनलाई २ वर्ष मात्रै बाँच्ने आशा गरेका थिए। दुर्लभ रोग मोटर न्यरोनको उपचार गरेपछि चिकित्सकले केही वर्ष मात्र बाँच्छ भनेका थिए । त्यसपछि उनी व्हीलचियरको सहारा लिन बाध्य भए र उनको ‘भ्वाइस सिन्थोसाइजर’ सहाराले मात्र बोल्थे । हकिङ्ग क्याम्ब्रिज विश्वविद्यालयमा सैद्धान्तिक ब्रम्हाण्ड विज्ञान केन्द्रका शोध निर्देशक समेत थिए । उनी ह्वीलचेयरमा हिँडडुल गर्थे ।

Comments

comments

सम्बन्धित शिर्षकहरु