ओली–प्रचण्डले भने, ‘सरकारले चाँडै पूर्णता पाउँछ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउने बताएका छन् । राष्ट्रपति पदको निर्वाचनमा मतदान गरेपछि अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्रमा पत्रकारसँगको कुराकानी उनीहरुले दुबै यस्तो बताएको हुन् । प्रधानमन्त्री ओली सरकार विस्तारका लागि सम्बन्धित दलहरुसँग छलफल चलिरहेको र चाँडै सरकारले पूर्णता पाउने बताएको हो ।

प्रधानमन्त्री ओलीले विभिन्न चरणका निर्वाचन सम्पन्न भए पनि संक्रमणकालका केही विकृत प्रवृत्ति कायम रहेकाले सुशासन र समृद्धिको दिशामा अघि बढ्न केही चुनौती भए पनि संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र संस्थागत बनाउन आफूहरु प्रयत्नशील रहने बताए ।

यस्तै अध्यक्ष प्रचण्डले नेपालको संविधान, २०७२ कार्यान्वयन प्रक्रिया आधारभूत रुपमा पूरा भएका बताएको छ ‘स्थानीय तहको निर्वाचनसँगै शुरु भएको संविधान कार्यान्वयनको प्रक्रिया राष्ट्रपतिको निर्वाचनपछि आधारभूत रुपमा पूरा भएको छ, निर्वाचनमा जनताले उत्साहपूर्ण सहभागिता जनाएका छन्, अबको यात्रा विकास र समृद्धितिर हुनेछ’, उनले भने ।

सरकारले कहिले पूर्णता पाउँछ भन्ने सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष दाहालले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग यस विषयमा छलफल भएकाले एक दुई दिनमै मन्त्रिमण्डल विस्तार हुने बताउनुभयो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु