रसुवागढी र सान्जेन हाइड्रोपावरको आईपिओ भोलिसम्म

काठमाडौं । रसुवागढी र सान्जेन हाइड्रोपावरले फागुन ११ गतेदेखि निष्काशन खुला गरेका दुई अर्ब ५१ करोड ६० लाख रुपैयाँ बराबरको साधारण सेयर(आईपिओ) मा आवेदन दिने म्याद बुधबार (फागुन ३० गते) सम्म रहेको छ । दुबै कम्पनीले अहिले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरुलाई आईपिओ बिक्री खुला गरेका हुन् ।

रसुवागढी हाइड्रोपावरले एक करोड ६४ लाख २१ हजार ४० कित्ता सेयर निष्काशन गरेको हो । जसमा कर्मचारी सञ्चय कोषसँग ऋण सम्झौता भएको मिति ०६८ मंसिर २२ गतेदेखि धितोपत्र बोर्डबाट विवरणपत्र स्वीकृत भएको मिति ०७४ पुस २० गतेसम्म कायम रहेका सञ्चयकर्ताका लागि आवेदन खुला गरेको हो । यसको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

रसुवागढीकाे अाइपिअाेमा सञ्चयकोषमा रकम सञ्चित गर्ने सञ्चयकर्ताले न्यूनतम ५० कित्ता अर्थात पाँच हजार रुपैयाँ देखि १० अंकले भाग जाने संख्याको अधिकतम ५०० कित्ता अर्थात ५० हजार रुपैयाँसम्मको सेयर फागुन ३० गतेसम्म माग गर्न पाउनेछन् ।

त्यसैगरि सान्जेन हाइड्रोपावरले पनि ८७ लाख ६० हजार कित्ता सेयर फागुन ११ गतेदेखि नै निष्काशन खुला गरेको हो । जसमा कम्पनी र कर्मचारी सञ्चय कोषबीच ऋण सम्झौता भएको मिति ०६८ मंसिर २२ गतेदेखि बोर्डबाट विवरणपत्र स्वीकृत भएको मिति ०७४ मंसिर २६ गतेसम्म रकम सञ्चित गरेका सञ्चयकर्ताले आवेदन गर्न पाउनेछन् ।

सान्जेन हाइड्रोपावरकाे अाइपिअाेमा सञ्चयकोषमा रकम सञ्चित गर्ने सञ्चयकर्ताले न्यूनतम ५० कित्ता अर्थात पाँच हजार रुपैयाँ देखि १० अंकले भाग जाने संख्याको अधिकतम ३०० कित्ता अर्थात ३० हजार रुपैयाँसम्मको सेयर माग गर्न पाउनेछन् । यसको विक्री प्रबन्धक नागरिक लगानी काेष रहेको छ ।

.दुबै कम्पनीको आईपिओमा लगानीकर्ताले मेरो सेयर तथा आस्वा सदस्यमा सहभागि ६२ वटा बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट समेत आवेदन दिन सक्नेछन् ।

दुबै कम्पनीको आईपिओमा संस्थापक शेयरमा लगानी गर्ने नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी, रसुवा जिल्लाका सम्बन्धित स्थानीय तहका कर्मचारीहरु तथा ऋणदाता (कर्मचारी सञ्चयकोष) का कर्मचारीले भने चैत ५ गतेदेखि गतेदेखि १३ गतेसम्म (९ दिनभित्र) आवेदन गर्ने पाउनेगरि निष्काशन गर्ने व्यवस्था गरिएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु