कन्ट्रोल रूमको निर्देशन उल्लंघन गर्दा विमान दुर्घटना,यस्तो कुराकानी भएको थियो (अडियोसहित)

काठमाडौं । युएस–बंगला विमान दुर्घटनामा २२ नेपाली सहित ४९ जनाको मृत्यु भएको पुष्टि भएको छ। हाल ११ नेपाली, १० विदेशी र एकजना पहिचान नखुलेका एक जनाको उपचार भइरहेको छ।
सुरक्षाकर्मीले विमानबाट ४० शब ३१ जनालाई जीवितै उद्धार गरेको थियो। ९ जनाको उपचारकाक्रममा मृत्यु भएको हो। उपचारकाक्रममा विमानकी कोपाइलट पृथुलासहित चालक दलका दुइ जनाको मृत्यु केएमसी अस्पतालमा भएको हो।

महानगरीय प्रहरी कार्यालयका अनुसार विमानमा ४ जना चालक दलका सदस्यसहित ७१ जना सवार थिए। जसमध्ये ३३ नेपाली, ३२ बंगलादेशी, १ चिनियाँ र १ माल्दिभ्सका नागरिक थिए।काठमाडौंमा दुर्घटनामा परेको बंगलादेशी विमानलाई चालकले उत्तरतिरबाट अवतरण गराएका थिए ।

अन्तर्राष्ट्रिय उडानका विमान प्रायः दक्षिणतर्फ अर्थात कोटेश्वरतिरबाट अवतरण गराउने भए पनि दुर्घटनामा परेको विमानलाई भने चालकले उत्तरपट्टि अर्थात जोरपाटीतर्फबाट अवतरण गराएका थिए । ‘एयर ट्राफिक कन्ट्रोलर एटिसीले विमानलाई दक्षिणबाटै अवतरण गराउन भने पनि चालकले उत्तरतिरबाट अवतरण गराउछु भने छन्’ विमानस्थलका महानिर्देशक राजकुमार क्षेत्रीले भन्नुभयो ‘त्यसपछि एटिसीले उत्तरतिरबाटै अवतरण गराउन अनुमति दिएको जानकारी पाएको छु ।’ कुराकानीमा पटक(पटक एयर ट्राफिकले गलत दिशाबाट अवतरण नगराउन पाइलटलाई सावधान गराएका छन् ।

विमान उत्तरतिरबाट अवतरण गरेकै कारणले दुर्घटनामा परेको भन्न नसकिने उहाँले स्पष्ट पार्नुभयो । ३३ नेपालीसहित ७१ जना सवार विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर नजिकैको फुटबल मैदानमा पुगेर आगो लागेको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु