देवकी निरौलाको गजलसङ्ग्रह “उद्घोष” को विमोचित

काठमाडाैँ । पूर्णिमा साहित्य प्रतिष्ठान को २५ औं प्रकाशन देवकी निरौलाको गजलसङ्ग्रह ” उद्घोष” को विमोचन कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।  प्रमुख अतिथि बाँके क्षेत्र नं १ ख की सांसद आरती पौडेल रहेकी थिइन् भने विशिष्ट अतिथिहरुमा वरिष्ठ कथाकार सनत रेग्मी, नेपालगन्ज उप महानगर पालिकाकी उप मेयर उमा थापा , कोहलपुर नगरपालिकाकि उप-मेयर सञ्जु कुमारी चौधरी रहेका थिए ।

प्रमुख अतिथिबाट पुस्कालयलाई कृति उपहारस्वरूप प्रदान गर्दै विमोचित कृतिबाट रचना वाचन गरेर कार्यक्रमको उद्घाटन भएको थियो । भेरी साहित्य समाज , प्रगतिशील लेखक संघ बाँके , बार्दली फाउन्डेसन लगायत विभिन्न संघ संस्थाको सहभागितामा भएको उक्त कार्यकेममा सागर गैरे, मणि अर्याल, ऋचा लुइटेल लगायत प्रमुख अतिथि र विशिष्ट अतिथिज्यूहरुबाट मन्तव्य व्यक्त गरीएको थियो ।

देवकी निरौला , किरण आचार्य , सालिकराम सापकोटा , भरत रानाभाट, इश्वरी रिजाल , बद्री ढकाल , देवेन्द्र आचार्य, विष्णु पादुका, वि पी अस्तु, शान्ति अधिकारी , नमिता बराल, भुपेन्द्र सुवेदी , तुलाधर बिश्वकर्मा लगाएत दुई दर्जन बढी साहित्यकारहरुले रचना वाचन गर्नु भएको उक्त कार्यक्रममा १५० बढीको उपस्थिति रहेको थियो ।  संस्थाका उपाध्यक्ष कवि परदीप भट्टराईको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन सचिव पुष्कर रिजाल र संस्थाका अध्यक्ष महानन्द ढकालको सभापतित्वमा सम्पन्न भएको हो ।

सोही कार्यक्रममा बिक्रम शिशिरको संयोजकत्वमा रहेको कला उपसमितिका कलाकारहरुबाट बनाएका चित्रहरु पनि प्रदर्शन गरिएको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु