हुने खानेकी छोरीलाई सेक्सी बनाएर लुट्ने ,दीन दुखीकी छोरीलाई बोक्सी बनाएर कुट्ने !

हुने खानेकी छोरीलाई सेक्सी बनाएर लुट्ने तिमी,
दीन दुखीकी छोरीलाई बोक्सी बनाएर कुट्ने तिमी !

उठ्यौ उठ्न त उठ्दा उठ्दा आकास छोयौ होला तर ,
मान्छेजस्तै मान्छे बनेर भन कहिले उठ्ने तिमी !

जुट्यौ जुट्न त व्यभिचारमा अत्याचारमा जुट्यौ सँधै ,
मान्छेमाथिको अत्याचार यो मास्न कहिले जुट्ने तिमी !

मासु भुट्यौ भटमास भुट्यौ सोझाहरूका दिमाग भुट्यौ ,
ठग चोरका व्यभिचारीका दिमाग कहिले भुट्ने तिमी !

वर्षौं वाँधियौ भ्रमले झण्डै पसुवत सोच्ने भयौ सुन,
भ्रम भरोसा भङ्ग गरेर कुन दिनबाट छुट्ने तिमी !

Comments

comments

सम्बन्धित शिर्षकहरु