कता हराए ओलीले विश्वासको मत माग्दा ६ जना सांसद ?

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसदमा विश्वासको मत लिने क्रममा ६ जना सांसद अनुपस्थित रहेको देखिएको छ । प्रतिनिधिसभामा २ सय ७५ सांसद भए पनि आइतवारको मतविभाजनमा २ सय ६९ सांसद उपस्थित थिए । सभामुख कृष्णबहादुर महराले मत नदिएकाले २६८ मत मात्र खस्यो ।

जसमध्ये ओलीको पक्षमा २ सय ८ र विपक्षमा ६० सांसदले मत दिए । अनुपस्थित देखिएका ६ जनामध्ये नयाँ शक्ति पार्टीका डा. बाबुराम भट्टराई विदेश भ्रमणमा छन् । राजपाका सांसद रेशम चौधरी जेलमा छन् । बाँकी ४ जनामध्ये कांग्रेसका ३ सांसद अनुपस्थित रहे । प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन् । ओलीको विपक्षमा ६० भोट परेको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु