मन्त्री यादवको निर्देशन, ‘अनुगमनकारीमाथि नै अनुगमन गर्नुस्’

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले अनुगमनमा जाने कर्मचारीको पछिल्ला १० वर्षयताको सम्पत्ति विवरण छानबिन गर्ने निर्णय गरेका छन्।

अनुगमनमा जाने कर्मचारीले बार्गेनिङ गरेको गुनासो आएपछि मन्त्रीले ती कर्मचारीहरूको सम्पत्ति विवरण छानबिन गर्ने निर्णय गरेको बताएका छन्। मन्त्री यादवले शनिबार आपूर्ति सचिवलाई अनुगमनमा जाने कर्मचारीको १० वर्षका सम्पत्ति विवरण संकलन गरी मन्त्रालयमा प्रस्तुत गर्न निर्देशन दिएका छन्।

उनले भने , ‘व्यवसायी मात्रै होइन, अनुगमनकर्तामाथि पनि अनुगमन गर्नुपर्ने आवश्यकता छ। यहाँ अनुगमन हुने तर कारवाही नहुने प्रवृत्ति हाबी भएको छ।’ मन्त्री यादवले उपभोक्ताकर्मी पहिचान गर्न पनि निर्देशन दिएका छन्। उपभोक्ताकर्मीका नाममा गलत व्यक्तिले राज्यको सुविधा उपभोग गरेको भन्दै वास्तविक उपभोक्ताकर्मी पहिचान गर्नुपर्ने बताए। जनतापोष्टमा समाचार छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु