प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै,दुई तिहाई भन्दा बढीको समर्थनको संकेत

काठमाडौं । प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदैछन् । उनको पक्षमा दुई तिहाई भन्दा बढीको समर्थन हुने देखिएको छ । संविधानको धारा ७६ को उपधारा ४ अनुसार प्रधानमन्त्रीले नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था अनुसार उनले विश्वासको मत लिन लागेका हुन् । उनले आज अपराह्न ३ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने छन् ।
प्रधानमन्त्री केपी ओलीका पक्षमा दुई सय ९ सांसदले समर्थन गर्ने देखिएको छ । प्रतिनिधिसभामा २ सय ७५ सांसद रहेका छन् । तथापि संघीय समाजवादी फोरमले समर्थन गर्ने भनिएपनि निश्चित भइसकेको छैन ।

फोरमले समर्थन नगरेपनि प्रधानमन्त्रीका पक्षमा दुई तिहाई मत भने पुग्ने भएको छ । दुई तिहाई मत पुग्नका लागि एक सय ८२ मत आवश्यक पर्छ । प्रधानमन्त्री ओलीको पक्षमा एमालेका १ सय २१, माओवादी केन्द्रका ५३, राजपाका १७, राजमोका १, राप्रपाका १ र स्वतन्त्र १ को समर्थन देखिएको छ भने फोरमका १६ सांसदको पनि समर्थन रहने सम्भावना छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु