इङ्गलिस प्रिमियर लिग : म्यान्चेस्टर युनाईटेड र चेल्सी विजयी

एजेन्सी । इङ्गलिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएका खेलमा म्यान्चेस्टर युनाईटेड र चेल्सी विजयी भएका छन् । म्यान्चेस्टर युनाईटेडले लिभरपुललाई २–१ ले हराएको हो ।

अर्को खेलमा चेल्सीले क्रिष्टल प्यालेसलाई २–१ ले हरायो । चेल्सीका लागि विलियनले एक गोल गर्दा क्रिष्टल प्यालेसका मार्टिन केलीले एक आत्माघाती गोल गरे ।

प्रिमियर लिगकै अन्य खेलमा एभर्टनले ब्राईटनलाई २–० ले हराउँदा न्युकासल युनाईटेडले साउथ ह्याम्पटनलाई ३–० ले, लेष्टर सिटीले वेष्ट ब्रोमलाई ४–१ ले तथा बर्न्लेले वेष्ट ह्याम युनाईटेडलाई ३–० ले हराएको छ ।

हडर्सफिल्ड टाउन र स्वान्सी सिटीले गोलरहित बराबरी खेलेका छन् । इङ्लिस प्रिमियर लिग फुटबलमा आज राती दुई खेल हुनेछन् । आज आर्सनलले वाट्फोर्डसँग खेल्दा बर्नमाउथ र टोटनह्याम हट्सपर भिड्नेछन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु