इच्छामृत्युका लागि उमेर कति ? कुन–कुन देशमा छ अनुमति,के छ विश्वव्यापी प्रचलन

एजेन्सी । भारतको सर्वाेच्च अदालतले शुक्रबार इच्छामृत्युलाई अनुमति दिएको छ । सुप्रीम कोर्टले भनेको छ, ‘व्यक्तिलाई गरिमाका साथ मर्ने अधिकार छ ।’ अदालतले यसका लागि ‘पेसिव यूथेनेशिया’ शब्दको प्रयोग गरेको छ । यसको अर्थ हुन्छ कुनै बिरामी व्यक्तिको मेडिकल उपचार रोकिदिनु जसले गर्दा उसको मृत्यु होस् । अदालतको यो आदेश पछि असह्य रोगबाट लडिरहेका बिरामीलाई राहत मिल्ने अपेक्षा गरिएको छ ।
के हो पेसिव यूथेनेशिया ?
यो यस्तो अवस्था हो जब डाक्टरले कुनै गम्भीर रोगबाट लडिरहेको बिरामीको मेडिकल उपचार बन्द गरिदिन्छन्, लाईफ सपोर्ट मेसिन शरीरबाट हटाइदिन्छन र खाने ट्युव हटाइदिन्छन् । विशेष सल्यक्रिया नगर्नु र अत्यावश्यक औषधी बन्द गरिदिनु यसभित्र पर्छन् ।
कहाँ कहाँ छ इच्छामृत्युको अनुमति ?
बेलायत समेत यूरोपका कैयाँै ठूला देश इच्छामृत्युलाई अहिले पनि हत्या मान्छन् । तर नेदरल्याण्ड, बेल्जियम, कोलम्बिया र पश्चिम युरोपको लक्जमबर्गमा इच्छामृत्युको अनुमति छ । स्विजरल्याण्मा यसलाई असिस्टेड सुसाइड भनिन्छ । यसमा एक जना व्यक्ति कानुनी अनुमति अनुसार अन्य व्यक्तिको आत्महत्याका लागि मद्दत गर्न सक्छ । तर यसका लागि मद्दत गर्ने व्यक्तिले यसमा कुनै स्वार्थ नभएको स्पष्टिकरण लिखित रुपमा दिनुपर्छ ।
सन २०१५ मा अमेरिकाको क्यालिफोर्निया राज्यले पनि वाशिंगटन, ओरेगन, मोन्टाना र वेरमन्ट राज्यमा जस्तै इच्छामृत्युको अनुमति दिएको थियो । वर्षाैदेखि यस विषयमा बहस गरिरहेको क्यानडाले पनि सन २०१६ मा यसलाई अनुमति दिएको थियो । बेलायत, नर्वे, स्पेन, रुस, चीन, फ्रान्स र इटली जस्ता देशमा भने इच्छामृत्युलाई गैर कानुनी मानिन्छ ।
इच्छामृत्यु कसको लागि ?
यदि बिरामीको रोग असहनीय भएमा उसले इच्छामृत्युका लागि आवेदन दिन सक्छ । नेदरल्याण्डमा बिरामीको अवस्था असहनीय छ कि छैन र त्यसमा सुभारको सम्भावना कति छ भन्ने हेरिन्छ । बेल्जियममा पनि नेदरलण्डमा जस्तै मिल्दो जुल्दो व्यवस्था छ । अमेरिका र क्यानडामा बिरामी उपचारबाट निको नहुने सम्भव भएपछि यस्तो अनुमति दिइन्छ ।
कसरी दिइन्छ आवेदन ?
जहा पनि इच्छामृत्युको अनुमति दिइएको छ, सबै मुलुकमा बिरामीले एउटा लिखित निवेदन दिनुपर्छ । यसको अनुमति दिँदा बिरामीलाई उक्त कुराको जानकारी हुनपर्छ र परिवारलाई पनि आफ्नो बिरामीले के गर्दै छ भन्ने कुरा जानकारी हुनुपर्छ । अमेरिकामा इच्छामृत्युको आवेदनका साथमा दुई जना साक्षि पनि पेश गर्नुपर्छ ।
इच्छामृत्युका लागि उमेर कति ?
नेदरल्याण्ड र बेल्जियममा १८ वर्ष भन्दा कम उमेरका बिरामीले पनि इच्छामृत्युको निवेदन दिन सक्छन् । यदी १६ देखि १८ वर्षको कुनै पनि बिरामीले इच्छामृत्युको निवेदन दिन्छ भने उसका बाबु आमाले पनि यसमा कुनै रोकटोक गर्न सक्दैनन् । तथापि बेल्जियममा १८ वर्ष भन्दा कम उमेरका बिरामीले बाबु आमाको अनुमति अनुसार निवेदन दिन सक्छन् । जुन देशमा इच्छामृत्युको अनुमति दिइएको छ, त्यहाँ अधिकांश १८ वर्ष भन्दा माथिका बिरामीले मात्र निवेदन दिन सक्छन् ।
के भन्छ तथ्यांक ?
सन २०१० मा नेदरल्याण्डमा जति मानिसको मृत्यु भयो त्यसमा दुई दशमलव आठ प्रतिशत मानिसले इच्छामृत्यु रोजेका थिए । सन २००७ देखि ००८ मा एउटा स्वास्थ्य सर्भे सार्वजनिक गरिएको थियो । जसमा फान्स र बेलायतमा इच्छामृत्यु गैरकानुनी हुँदा पनि सयाँै मानिसले इच्छामृत्यु गरे । सन २००२ मा कानुनी मान्यता पाएपछि बेल्जियममा इच्छामृत्यु गर्ने मानिसको संख्या ह्यात्तै बढेको थियो । बीबीसीबाट ।

Comments

comments

सम्बन्धित शिर्षकहरु