अष्ट्रेलियामा किन ठगिन्छन् विद्यार्थीहरु,न्युनतम तलब कति ?

अष्ट्रेलिया । अष्ट्रेलियामा काम गर्ने विद्यार्थीहरु ठगिदै आएका छन् । विभिन्न अध्ययनमा देखिएको नतिजा अनुसार केही विदेशी विद्यार्थीहरुले न्युनतम तलब समेत पाइरहेका छैनन् । अष्ट्रेलिया सरकारकै मातहतको फेयरवर्क कमिसनले काम गर्छ। फेयरवर्क कमिसनले कामदारहरुको लागि न्युनतम ज्याला तोक्नुका साथै उनीहरुमाथि अन्यायपूर्ण क्रियाकलाप भएको थाहा पाएमा कामदाता वा कम्पनीको विरुद्धमा आवश्यक कारबाही अगाडी बढाउँछ ।

फेयरवर्क कमिसनले अष्ट्रेलियामा न्युनतम तलब एक घण्टाको १८.२९ डलर तोकेको छ । जस अनुसार एक हप्ताको न्युनतम तलब करिब ६९५ डलर हुन्छ । यो तलब कर नकाटिएको रकम हो ।
फेयरवर्क कमिसनका अधिकारीहरुका अनुसार, कामदारले यो न्युनतम तलब भन्दा बढी तलब पाउनुपर्छ ।
फेयरवर्कले तोकेको न्युनतम तलबभन्दा कम तलब पाइरहेका विद्यार्थीले फेयरवर्क कमिसनको वेबसाइट वा १३ १३ ९४ मा फोन सम्पर्क गरेर सहयोग लिन सक्छन्।

Comments

comments

सम्बन्धित शिर्षकहरु