राष्ट्रपति चुनाव: आज रातिदेखि मौन अवधि,विवेकशील साझाको भोट कसलाई ?

काठमाडौं । मंगलबार हुने राष्ट्रपति चुनावका लागि आज रातिदेखि मौन अवधि सुरु हुँदैछ । मौन अवधि सुरु भएपछि चुनाव नसकिएसम्म राजनीतिक दल, उम्मेदवार भएका व्यक्तिहरु, राजनीतिक दलका पदाधिकारीहरु, नागरिक समाज, आम मतदाता कुनै पनि प्रकारका चुनावी प्रचार प्रसारमा संलग्न हुन नपाइने निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रपति चुनावलाई प्रभाव पार्ने गरी कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा समाचार प्रकाशनरप्रशारण गर्न, मत सर्वेक्षण गर्न र त्यसको परिणाम प्रकाशन वा प्रसारण नगर्न आयोगले सञ्चार माध्यमलाई पनि आयोगले आग्रह गरेको छ । एसएमएस, भाइबर, फेसबुक लगायतका समाजिक सञ्जालमा पनि प्रचार प्रसार गर्न र भोट माग्न नपाईने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

मंगलबार राष्ट्रपति निर्वाचनका लागि मतदान हुने भए पनि विवेकशील साझाले अहिलेसम्म कसलाई मत दिने भन्ने निर्णय गर्न सकेको छैन। राष्ट्रपति निर्वाचनमा विवेकशील साझाको १४४ मत रहेको छ। प्रदेश सभाका एक सदस्यको ४८ मतभार हुन्छ। पार्टीले प्रदेश नम्बर ३ मा समानुपातिकबाट तीन सिट जितेको थियो।

तीन दिनपछि मंगलबार हुन लागेको राष्ट्रपति पदको निर्वाचनमा वाम गठबन्धनका तर्फबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका तर्फबाट कुमारी लक्ष्मी राई चुनावी मैदानमा छन्।

Comments

comments

सम्बन्धित शिर्षकहरु