सिड्नीको कुकपार्कदेखि ब्राइटन वीचसम्म एक विशेष यात्रा सम्पन्न

सिड्नी । गैरआवासीय नेपाली संघ अस्ट्रेलियाले सिड्नीको कुकपार्कदेखि ब्राइटन वीच सम्म एक विशेष यात्राको कार्यक्रम सम्पन्न गरेको छ ।  “वाक फर वेलफेयर” अर्थात “कल्याणका लागी यात्रा” नामक उक्त कार्यक्रममा सम्पन्न गरेको छ।कार्यक्रममा एनआरएनका उपाध्यक्ष नन्द गुरङू , पूर्वअध्यक्ष महेन्द्र ओली, समुदायकी अगुवा इन्द्रा वन , छबी सापकोटा ,रमेश थापा, पर्शुराम अधिकारी , कोमल पाठक ,हिरा कँडेललगायत करिब डेढ सय नेपालीहरूको सहभागीता रहेको थियो । यस कार्यक्रममले विशेषगरी महिला वर्गले अझ बढी लाभ प्रदान गर्न सक्ने उपस्थित एक सहभागीले असनेपाल न्युजलार्इ बताए ।

समाजको महत्वपूर्ण पाटोको समस्याको पहिचान र समाधानका लागि यस पटक वेलफेयर कार्यक्रम आयोजना गरीएको संघका महासचिव नारायण कोइरालाले जानकारी दिए । यात्राबाट जम्मा भएको रकम अस्ट्रेलियामा रहेका नेपाली समुदाय, विशेष गरी महिलाले भोगिरहेका मानसिक समस्या सम्बन्धी जागरण, घरेलु हिंसा तथा ब्यबहारिक समस्याहरू पीडितका लागि सदुपयोग गरिने बताइएको छ ।

यस्ता कल्याणकारी योजनाले समाजको हितमा कार्य गर्ने हुँदा सबैको उत्साहजनक सहभागिता रहनुपर्ने तथा विशेषगरी महिलाहरुको सवालमा चेतना जगाउने कार्यक्रम आफैंमा महत्वपूर्ण रहेको एनआरएन ओसेनियाका संयोजक धर्म अधिकारीले  बताए। महत्वपूर्ण र्कायक्रमको निरन्तरता स्वरूप यो कार्यक्रम अायोजना भएको र अाउने दिनहरूमा पनि समाजलाई जोड्ने यस्ता कार्यक्रम अायोजना गरीने सोसियल वेलफेयर फन्डका संयोजक दिनेश पोखरेलले बताए ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु